२१ असार २०८३, आईतवार
,
Latest
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

के आलुको बोक्रा फ्याक्नुहुन्छ ? खादा हुने छन् यस्ता फाइदा



अ+ अ-

काठमाडौं । तरकारीको राजा नै आलु त हो । यो हरेक भान्साको शान भएपनि अधिकांश मान्छेले आलुको बोक्रा ताछेर मिल्काउँछन् । तर तपाईंलाई थाहा छ ? आलुभन्दा बढी गुणकारी यसको बोक्रा हुन्छ नि ।

आलुको बोक्रामा भएका कैयौं तत्व स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । यसमा भएको फाइबर र अन्य पोषक तत्वले आलुलाई स्वस्थकर बनाउने हो । नभए त आलु आफैंमा साधारण खानेकुरा हो । 
यसका अरू फाइदा जानिराखौं :

१ रोगप्रतिरोधक क्षमता बढाउने : आलुको बोक्रामा अत्यधिक मात्रामा भिटामिन सी पाइन्छ जसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । 

२ तौल घटाउने : हुन त आलु मात्र खानुभयो भने तौल बढ्छ तर बोक्रासमेत खानुभयो भने चाहिँ तौल कम हुन्छ । बोक्रामा कम मात्रामा फ्याट हुन्छ जसले तौल घटाउँछ । 

३ क्यान्सरबाट बचाउँछ : आलुको बोक्रामा फाइटोकेमिकल हुन्छ जसले क्यान्सरबाट बचाउँछ । यसका अलावा यसमा भएको एसिडले क्यान्सरको सम्भावना घटाउँछ । 

४ कोलेस्ट्रोल घटाउँछ : शरीरमा खराब कोलेस्ट्रोल बढ्यो भने मुटुरोग लाग्छ । आलुको बोक्रामा भएको फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्छ । 

५ छाला डढ्दा लाभदायक : छाला डढ्दा आलुको बोक्रा दल्नुभयो भने धेरै आराम हुन्छ । 




भर्खरै