२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘दक्षिण एशिया उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र थियो, हाम्रो कुटनीति असफल छैन’- प्रश्तावित राजदुत पाण्डे News Polar राजस्व प्रशासनका ८५ उपसचिवको सरुवा, अर्थदेखि भन्सारसम्म व्यापक हेरफेर News Polar स्वास्थ्य बीमा बोर्डमा तीन सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ News Polar उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने – बाँकी समय अझ धेरैको भरोसा जित्न समय खर्चने छु News Polar रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा News Polar बिम्स्टेकको सम्मेलनका भाग लिन गृहमन्त्री गुरुङ दिल्ली प्रस्थान News Polar चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियताः सुरक्षित यात्राका लागि सचेतना News Polar कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा अग्रस्थानमा, शिवाकोटी दोस्रो News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar बडीमालिकामा केबुलकार अध्ययन र खप्तडमा पूर्वाधार निर्माण गर्न ९ करोड बढी बजेट News Polar रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने News Polar कांग्रेसलाई एकताबद्ध र जनमुखी पार्टी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता News Polar श्रमिकलाई चाडपर्व खर्च दिन श्रम विभागको निर्देशन News Polar तनहुँको याम्पाफाँटका १५ उत्कृष्ट दुग्ध उत्पादक किसान पुरस्कृत News Polar कांग्रेस केन्द्रीय निर्वाचन : पिछडिएको क्षेत्र र सुदूरपश्चिमका विभिन्न पदको मतगणना आज हुँदै News Polar नवलपरासीमा बस दुर्घटना हुँदा चालक र सहचालकसहित सात जना घाइते News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक

फोक्सिङ्टार पुल निर्माणको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत

फोक्सिङ्टार पुल निर्माणको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत
अ अ+ अ-

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डअन्तर्गत सुनकोशी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन मोटरेबल पक्की पुलको भौतिक प्रगति नौ वर्षमा ४८ प्रतिशत मात्र पूरा भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको काम विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते सम्झौता भएको हो ।

पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने फोक्सिङ्टारमा १२० मिटर लम्बाइ हुने ‘आर्क’ डिजाइनको पक्की पुल निर्माणका लागि दोस्रोपटक थप भएको म्याद गत असार १२ गते सकिएको छ । नवौँ संशोधनअनुसार पुल निर्माणका लागि विसं २०७७ पुस १३ गतेसम्मको पहिलो म्याद सकिएपछि पुनः कोभिड–१९ को महामारीअनुसार विसं २०७८ असार १२ गतेसम्मका लागि दोस्रोपटक म्याद थपिएको थियो । निर्माणाधीन पुलको हालसम्म दुई किनारको चारवटा फाउण्डेशन, चारवटा सबस्ट्रक्चर, दुवैतर्फको २०/२० मिटरको स्टेण्डलगायतका संरचना निर्माणको काम मात्र पूरा भएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नं १ सुनसरीका साइट इञ्जीनियर रवि साहले बताउनुभयो ।

निर्माण कम्पनी गौरी–पार्वती वाइपी जेभीले निर्माणको जिम्मा लिएको उक्त पुलमारु १० करोड ३३ लाख १४ हजार भुक्तानी भएको पुल योजना पूर्वी क्षेत्र सेक्टर नं १ धरानले जनाएको छ । फोक्सिङटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा विघटित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई, पूर्वसभासद अर्जुन राईलगायतको टोली असार २२ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङलाई भेट्न पुगेपछि भएको छलफलमा पुल निर्माणको सोही प्रगति विवरण सुनाइएको थियो । मन्त्री नेम्वाङसँग खोटाङे जनप्रतिनिधिको छलफलमा सो पक्की पुलको आर्क आगामी पुस ११ गतेसम्ममा ढलान गर्ने कार्ययोजना बनाइएको छ ।

विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते सम्झौता भएको पुलको २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरेर काम अघि बढाइएको थियो तर विसं २०७३ चैत २२ गतेसम्ममा पुलको काम नभएपछि पुनः विसं २०७५ चैत ३० गतेसम्मका लागि सम्झौता अवधिलाई लम्ब्याइएको थियो । शुरुमा फोक्सिङटारमा ‘सस्पेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर त्यसको सट्टा ‘आर्क’ डिजाइनको पुल निर्माण गर्ने भन्दै विसं २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको थियो । फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘सस्पेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएकाले डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण शुरु गरिएको थियो ।

दोस्रोपटक डिजाइन स्वीकृत नहुञ्जेल निर्माण कम्पनीले पुलको काम गर्न सकेन । हाल ढिलासुस्तीका कारण त्यही डिजाइन परिवर्तन र डिजाइन स्वीकृतिमा भएको ढिलाइलाई देखाउने गरिएको छ तर पुलको नयाँ डिजाइन स्वीकृत भएयताको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीयवासी बताउँछन् । रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्ने गरी गौरी–पार्वती वाइपी जेभीले जिम्मा लिएको उक्त मोटरेबल पक्की पुल निर्माणको गति अत्यन्तै सुस्त देखिएपछि जिल्लावासी असन्तुष्ट बनेका छन् ।

मुग्लिनको ‘आर्क’ पुलको शैलीमा निर्माण शुरु गरिएको पुलमा भएको ढिलासुस्तीका विषयमा सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ठेकेदारको आलोचना हुने गरेको छ । पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै निवर्तमान प्रतिनिधिसभा सदस्य भट्टराईले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समक्ष विसं २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनी गौरी–पार्वती वाइपी जेभीलाई कालोसूचीमा राखेर कारवाही गर्न माग गर्नुभएको थियो । ठेक्का लागेको लामो समय बित्दासमेत फोक्सिङ्टार पुललगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लावासीले पटक–पटक विरोध गर्दै आएका छन् ।

जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने जयरामघाटपछिको अर्को महत्वपूर्ण मार्ग फोक्सिङ्टारमा पक्की पुल नहुँदा हरेक वर्ष बर्सातको समयमा यातायात ठप्प हुने गरेको छ । पुल अभावमा वर्षको करिब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तु ढुवानी तथा आवतजावतमा समस्या हुने गरेको छ । सुनकोशीस्थित फोक्सिङटार पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटक–पटक आफैँले गरेको प्रतिबद्धता कुल्चँदै आएको छ ।

गत माघ २६ गते काठमाडौँमा भएको छलफलका क्रममा खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राई र सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नं १ का डिई कैलाश साहका अगाडि निर्माण व्यवसायी रामकुमार थापाले फागुन १० गतेभित्र खोटाङतर्फको पिलर बिम र त्यसमाथि स्ल्याब ढलान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । फोक्सिङटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको वर्षौँसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका काम पूरा गर्ने गरी कामलाई अघि बढाउन २०७४ माघ २ गते पत्राचार गरेको थियो ।