२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले फिर्ता ल्यायो



अ+ अ-

कञ्चनपुर । सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर लगेका स्थानीय बासिन्दाका १२ वटा भैँसी आज फिर्ता ल्याएको छ । नेपालको सीमाबाट आठ किलोमिटर टाढा भारतको जिल्ला पिलिभित टाटरगञ्ज, ग्राम पञ्चायत शारदा नदीको धुलिया पलियाघाटबाट भैँसी फिर्ता ल्याइएको हो ।

भारतीय चोरले भैँसी चोरेर लगेको जानकारी पाउनासाथ बोर्डर आउटपोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक योगेन्द्र भण्डारीको कमाण्डमा रहेको १० जनाको टोली, झिलमिलाबाट प्रहरी नायब निरीक्षक रामबहादुर बोहराको कमाण्डमा तीन र भैँसीवाला स्थानीयवासीसहितको टोलीले भारतीय सुरक्षाकर्मीको सहयोगमा भैँसी फिर्ता ल्याएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो ।

“चोरी गरिएकामध्ये १२ वटा भैँसी चोरहरुले लग्दै गरेको अवस्थामा फेला पारेका छौँ”, उहाँले भन्नुभयो, “एक भैँसी फेला पर्न सकेको छैन । चोरीमा संलग्न भने फरार भएका छन् ।” भारतीय टाटरगञ्ज ग्राम पञ्चायतका प्रधान सतननाम सिंहले समेत भैँसी फिर्ता ल्याउन सहयोग गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकै रहेको सीमास्तम्भ नम्बर ७८८७ बाट भारतीय पाँच जनाको समूहमा रहेका चोरले भैँसी चराइरहेका शिवराज उपाध्यायका छोरा १७ वर्षीय अरुण उपाध्यायलाई डर त्रास देखाई शुक्रबार १३ वटा भँैसी भारततर्फ लगेका थिए ।

भारतबाट फिर्ता ल्याइएका भैँसीमा शङ्कर थापाका दुई, नवराज कठायतको एक, गोमा रावतको दुई, चन्दबहादुर रावतको पाँच र तेजबहादुर रावतका दुई रहेका छन् । शिव उपाध्यायको एक भैँसी फेला पर्न सकेको छैन । सम्बन्धित व्यक्तिलाई भैँसी बुझाइएको सशस्त्र प्रहरीको भनाइ छ ।