१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार बन्न पाएको छैन बिगार्ने खेलतिर लाग्यौं भने समयको बर्बादी हुन्छ: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब सरकार गठन र विघटनको खेलमा लाग्न नहुने बताउनु भएको छ ।

प्रतिनिधिसभाको पहिलो दिनको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकार गठन हुन नपाउँदै ढलाउने खेलतिर लाग्न थालेको आशंका गर्नुभयो । उहाँले भन्नुभयाे जनता र देशका लागि कहिले काम गर्ने ? उहाँले भन्नुभयो ‘सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्ने ? सरकार बन्न पाएको छैन बिगार्ने खेलतिर लाग्यौं भने समयको बर्बादी हुन्छ ।’

उहाँले मुलुकमा राजनीतिक स्थायित्वका लागि काम गर्नुपर्ने बताउनु भयो । उहाँले नयाँ राजनीतिक दलहरूको उदयले पनि जनताले स्थिरता र विकास चाहेको देखिएको बताउनु भयो । जनताले सरकारमा परिवर्तन खोजेकाले संसद्‌मा नयाँ दल र नयाँ सांसदहरूको उपस्थिति रहेको उहाँले बताउनु भयो ।
ओलीले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिदै चुनौतीलाई पनि स्मरण गराउनु भएको छ । उहाँले भन्नुभयो आज पनि उहाँलाई बधाई भन्न चाहन्छु । तर चुनौती छन् भन्ने कुरा पनि स्मरण गराउन पनि चाहन्छु ।’

ओलीले नयाँ गठबन्धन सरकार समग्रतामा राष्ट्रियता, मुलुको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको पक्षमा उभिने बताउनुभयो । सरकारलाई बधाई दिँदै उहाँले सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्नुपर्ने जस्ता विषयमा सरकारले ध्यान दिने अपेक्षा गर्नुभयो ।

अहिले अर्थतन्त्र गम्भीर संकटमा रहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा सबै राजनीतिक पार्टीले लोकतान्त्रिक मूल्य मान्यतामा चल्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अब सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको जानकारी दिँदै सोही कार्यक्रमअनुसार सरकार अघि बढ्ने स्पष्ट गर्नुभयो । साझा कार्यक्रमले लोकतन्त्रको रक्षा, सम्वर्द्धन र सुदृढीकरण गर्ने र संविधान रक्षाका लागि काम गर्ने बताउनुभयो ।