• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

नायिका स्वेताको साउने सोमबार ! (तस्बीरहरु)



काठमाडौं । नायिका स्वेता खड्का साउन महिनाको सोमबारको दिन हरियो पहिरणमा देखिएकी छन् । उनले पहिरणको लागि आंचल कलेक्सनलाई के्रडिट दिएकी छन् । उनले आफ्नो फोटो सामाजिक संञ्जालमा पोष्ट गर्दै यस्तो लेखेकी छन्, मलाई थाहा छैन पाप के हो धर्म के हो, सायद जून काम गर्दा अरुको मन दुख्छ त्यो पाप हो, र जुन कामले अरुको अनुहारमा खुशी ल्याउछ त्यो नै पुन्य हो ।

उनले यो सान्र्दभिक कुरा उठाउँनुको कारण पनि यही हो कि अहिले साउनको महिना चलिरहेको छ । यो महिना शिवको भक्तजनहरु पूजाआरधानामा लाग्छन्, धर्म प्राप्तीका लागि भनेर । विवाहित र अविवाहित दवैले भगवान शिवको आरधाना गरेर र्धम प्राप्त गरी राम्रो, असल श्रीमान्को अपेक्षा गर्छन् अथवा श्रीमान्को लामो आयुको कामना गर्ने गर्छन् । 

उनको यो कुरा सरल छ तर कति भावुक छ । यहाँ धेरै गहन कुरा लुकेको देख्न सकिन्छ । हामी सबै दैनिकी प्रयोग गर्छौ, भन्छौ पाप लाग्ला है तर कहिले यो विषमा सोचेका छौँ ? के गरे पाप लाग्छ र के गर्दा धर्म रु उनले सादा सरल भाषामा सम्झाउने कोशिस गरेकी छन् ।