२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार तयार छः मन्त्री बडू



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

बुधवार नेपाल टे«ड युनियन काँग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो ।

उहाँले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताउनु भयो । उहाँले सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गरिरहेको बताउनु भयो । उहाँले मुलुक भित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘टे«ड युनियन लामो समयदेखि उद्योग क्षेत्रमा काम गरिरहनुभएको छ । सरकारले कानून बनाउँछ । तर अफ्ठ्यारो कानूनले देखाउँछ भन्नुभएको छ । हामीले यति बेला हाम्रा समस्या कहाँ छन् । समस्या अहिले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नु हो । मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गर्ने हो ।’

‘मुलुक भित्र नै रोजगारी र उत्पादन बढाउने हो । त्यसको लागि उद्योगहरु भित्र राम्रो लोकतान्त्रिक सम्बन्ध राखेर सरकार जान तयार छ । उद्योग क्षेत्रका श्रमिकदेखि उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छ । तपाईहरुले उद्योग र श्रमिकका समस्या तथा कानूनमा कहाँकहाँ समस्या रहेका छन् पहिचान गरिदिन आग्रह गर्दछु ।’

मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।