• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई ★   गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक बन्ने ! ★   भरतपुर महानगरपालिको दियो ४ हजार ५ सय २४ जनालाई नि:शुल्क तालिम

सेयरको अवैध कारोबार गरेको ठहरसहित प्रधान र न्यौपानेलाई कारबाही गर्ने निर्णय



काठमाडौँ । रिडी पावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैधरुपमा सेयर कारोबार गरेको नेपाल धितोपत्र बोर्डले बताएको छ ।

बोर्डको सञ्चालक समितिको बैठकले न्यौपाने र प्रधान दुवैले सेयरको अवैध कारोबार गरेको ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

बोर्डले गरेको अध्ययनमा न्यौपाने र प्रधान आफू सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेको दोषी भेटिएका हुन् । उनीहरु दुवैले कानूनविपरीत सेयर कारोबार गरेको बोर्डले जनाएको छ । बोर्डले दुवैलाई स्पष्टीकरण सोधेर हदैसम्मको कारवाही गर्ने निर्णयसमेत गरेको छ ।

न्यौपाने र प्रधानले चित्तबुझ्दो जवाफ नदिए कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ । सञ्चालक समितिमा रहँदा वा सञ्चालक समिति छोडेको एक वर्षभित्र आफू वा एकाघरको व्यक्तिले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाइने व्यवस्था छ । तर आफू सञ्चालक समितिमै रहेको बेला र पद छाड्नासाथ दुवैले सेयर कारोबार गरेको अनुसन्धानबाट थाहा भएको छ ।

प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नासाथट श्रीमती, छोरा र छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर विक्री गरेका थिए भने रिडी पावरमा अध्यक्ष रहेकै बेला न्यौपानेले रिडी हाइड्रो पावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर विक्री गरेका थिए ।