• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे…

काठमाडौंमा आजदेखि दैनिक ४ घण्टा विजुली जाने



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि सात दिनसम्म विजुली अबरुद्ध हुने जनाएको छ ।

प्राधिकरणअन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार काठमाडौंका विभिन्न वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा दैनिक ४ घन्टा बिजुली अवरूद्ध हुने भएको हो ।

विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने कार्यालयले जनाएको छ ।

आज जोरपाटी वितरण केन्द्रको डाँची फिडरअन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको क्षेत्रमा विजुली जाने छ ।

त्यसैगरी सोमबार कुलेश्वर वितरण केन्द्रको कालीमाटी फिडरअन्तर्गत रविभवनदेखि कलंकी मन्दिरसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ भने मंगलबार वानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्रमा विजुली जाने छ ।

बुधबार कीर्तिपुर वितरण केन्द्रको कीर्तिपुर फिडर अन्तर्गतका पाँगा सडक क्षेत्रमा र बिहीबार कुलेश्वर वितरण केन्द्रको ताहाचल फिडरअन्तर्गतका कालीमाटी चोक क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।

यस्तै शुक्रबार वानेश्वर वितरण केन्द्रको बौद्ध क्षेत्रमा महाकाल फिडरअन्तर्गत पर्ने स्थानमा र शनिबार कीर्तिपुर वितरण केन्द्रको रोपवे र मच्छेगाउँ फिडरअन्तर्गतका नगाउँ क्षेत्रमा विद्युत् अवरूद्ध हुने आयोजनाले जनाएको छ ।

मौसम प्रतिकूल भएको अवस्थामा भने विद्युत् आपूर्ति बन्द नहुने आयोजनाले जनाएको छ ।

विद्युत् प्राधिकरणले पनि आइतबार अर्को सूचना जारी गरेर बलम्बू वितरण केन्द्रको मातातिर्थ फिडर अन्तर्गत पर्ने मातातिर्थ क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जानकारी दिएको छ । ती क्षेत्रमा हाइटेन्सन लाइन मर्मत र कन्डक्टर स्तरोन्नतिका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।