२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयरको अवैध कारोबार गरेको ठहरसहित प्रधान र न्यौपानेलाई कारबाही गर्ने निर्णय



अ+ अ-

काठमाडौँ । रिडी पावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैधरुपमा सेयर कारोबार गरेको नेपाल धितोपत्र बोर्डले बताएको छ ।

बोर्डको सञ्चालक समितिको बैठकले न्यौपाने र प्रधान दुवैले सेयरको अवैध कारोबार गरेको ठहर गर्दै कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

बोर्डले गरेको अध्ययनमा न्यौपाने र प्रधान आफू सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेको दोषी भेटिएका हुन् । उनीहरु दुवैले कानूनविपरीत सेयर कारोबार गरेको बोर्डले जनाएको छ । बोर्डले दुवैलाई स्पष्टीकरण सोधेर हदैसम्मको कारवाही गर्ने निर्णयसमेत गरेको छ ।

न्यौपाने र प्रधानले चित्तबुझ्दो जवाफ नदिए कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ । सञ्चालक समितिमा रहँदा वा सञ्चालक समिति छोडेको एक वर्षभित्र आफू वा एकाघरको व्यक्तिले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाइने व्यवस्था छ । तर आफू सञ्चालक समितिमै रहेको बेला र पद छाड्नासाथ दुवैले सेयर कारोबार गरेको अनुसन्धानबाट थाहा भएको छ ।

प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नासाथट श्रीमती, छोरा र छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर विक्री गरेका थिए भने रिडी पावरमा अध्यक्ष रहेकै बेला न्यौपानेले रिडी हाइड्रो पावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर विक्री गरेका थिए ।