३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड
अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य विस्तार गर्दै शहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यक्रम संयुक्त रूपमा अघि बढाउने प्रस्ताव गर्नुभएको छ ।

बिहीबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाकी कामु मेयर सुनिता डंगोलसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले महानगर क्षेत्रमा भूमिगत पानी पुनर्भरण (ग्राउन्ड वाटर रिचार्ज) प्रणाली, सौर्य सडक बत्तीको विस्तार र व्यवस्थापनका साथै सम्पदा क्षेत्रमा सम्पदा मैत्री विद्युतीकरणको नमुना विकास तथा फोहोर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्ने ‘वेस्ट टु इनर्जी’ परियोजनामा सहकार्य गर्न प्रस्ताव गर्नुभएको हो ।

उहाँले ती कार्यक्रमहरू कार्यान्वयनका लागि ऊर्जा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच संस्थागत समन्वय आवश्यक रहेको उल्लेख गर्दै संयुक्त प्रयासबाट शहरी सेवा प्रवाहलाई थप प्रभावकारी र दिगो बनाउन सकिने धारणा राख्नुभयो ।

छलफलका क्रममा कामु मेयर डंगोलले मन्त्री श्रेष्ठको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै महानगरपालिकाले सम्बन्धित विषयमा आन्तरिक तयारी गरी विस्तृत कार्ययोजनासहित मन्त्रालयमा प्रस्ताव पेश गर्ने बताउनुभयो ।

छलफलमा काठमाडौं महानगरको दिगो शहरी विकास, स्वच्छ ऊर्जा प्रवद्र्धन, वातावरण संरक्षण तथा आधुनिक पूर्वाधार निर्माणका क्षेत्रमा दुवै निकायबीच सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने विषयमा सहकार्य गर्ने सहमति भएको छ ।