६ भाद्र २०८३, शनिबार
,
Latest
बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रोएसियासँग बराबरी खेल्दै इटाली नकआउट चरणमा, स्पेन समूह विजेता



अ+ अ-

काठमाडौँ । इटाली युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी खेलेको इटालीले समूह उपविजेता बन्दै नकआउट चरणको टिकट काटेको हो ।

खेलको ५५ औं मिनेटमा लुका मड्रिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा अन्तिम क्षणमा माटिया जाकाग्नीले गोल गर्दै इटालीलाई नकआउटमा पुर्याए ।

यस समूह ए बाट स्पेन समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ । स्पेनको ३ खेलमा ३ जितका साथ ९ अंक छ । इटालीको ३ खेलबाट ४ अंक छ । क्रोएसियाको २ तथा पुछारमा रहेको अल्बानियाको १ अंक छ ।

यसै समूहको अर्को खेलमा स्पेनले अल्बानियालाई १–० गोलले हरायो । खेलको १३ औं मिनेटमा फेरान टोरेसले गरेको गोल नै स्पेनको जितको निर्णायक गोल बन्यो ।