१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराजित रहँदै भारत सेमिफाइनलमा, अष्ट्रेलियालाई २४ रनले हरायो



अ+ अ-

काठमाडौँ । भारतले एकदिवसीय विश्वकप २०२३ को फाइनलमा हारको बदला लिएको छ ।

टी–२० विश्वकप २०२४ को सुपर ८ अन्तर्गतको खेलमा वेस्ट इन्डिजको सेन्ट लुसिया रंगशालामा पहिले ब्याटिङ गरेको भारतले २०५ रन बनाएको थियो । यसपछि अस्ट्रेलिया १८१ रनमै सीमित भयो । अष्ट्रेलियालाई भारतले २४ रनले हरायो ।

कप्तान रोहित शर्माको बलियो ब्याटिङले भारतको जितको जग बसाएको थियो । रोहितले २२४ को स्ट्राइक रेटमा ९२ रन बनाए । ८ छक्का, ७ चौका प्रहार गरे । कुनै बेला उनको स्ट्राइक रेट ३ सय नाघेको थियो । रोहितले १९ बलमा ५० रन बनाएर यस विश्वकपमा सबैभन्दा छिटो अर्धशतक बनाएका थिए ।

उनी सबैभन्दा छिटो शतक बनाउन चुके । तर रोहित क्रिजमा रहेसम्म रोकिएनन् । उनको इनिङ्सका कारण टोलीको स्कोर २ सय नाघ्यो र अष्ट्रेलियामा मनोवैज्ञानिक दबाब थियो ।

अष्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै अब अष्ट्रेलियाको सेमिफाइनल पुग्ने बाटो कठिन भएको छ । अब अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नु पर्नेछ ।

डारेन सामी राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले कप्तान रोहित शर्माको ९२ रनको शानदार इनिङ्सको मद्दतले २० ओभरमा पाँच विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाएर १८१ रन बनायो ।

भारतले सुपर आठ चरणका तीनवटै खेल जितेर ६ अंकसहित समूह एकको शीर्ष स्थानमा छ । तीन खेलमा दुई हार र एक जितसहित अस्ट्रेलिया दोस्रो स्थानमा छ । अफगानिस्तानले दुई खेलमा एक जित र एक हारमा दुई अंक जोडेको छ र तेस्रो स्थानमा छ ।

२०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाली टोलीलाई पहिलो झट्का ६ रनको स्कोरमा लाग्यो । अर्शदीप सिंहले डेभिड वार्नरलाई पहिलो ओभरमा कुलदीपको हातमा क्याच आउट गराए । यसपछि मिचेल मार्स र ट्राभिस हेडले जिम्मेवारी सम्हालेका थिए । यी दुईबीच दोस्रो विकेटका लागि ८१ रनको साझेदारी भयो ।

नवौं ओभरमा कुलदीपले क्याप्टेन मार्शलाई अक्षर पटेलको हातमा कैच आउट गराए। उनी २८ बलमा ३७ रन बनाएर फर्किए । यसपछि ग्लेन म्याक्सवेल चौथो नम्बरमा ब्याटिङमा आए । तर, उनी लामो समय विकेटमा टिक्न सकेनन् ।

उनलाई कुलदीपले बोल्ड गरेका थिए । उनले २० रन बनाए । यस खेलमा मार्कस स्टोइनिसले दुई रन मात्र बनाउन सके ।

ट्राभिस हेडले ७३ रन बनाउन सके । उनले भारतीय बलरलाई समस्यामा पार्दै ४३ बलमा ७६ रन बनाए । ओपनिङ ब्याट्सम्यानले २४ बलमा आफ्नो अर्धशतक पूरा गरे । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले स्कटल्याण्डविरुद्ध ६८ रनको विस्फोटक इनिङ खेलेका थिए । १७ औं ओभरमा रोहित शर्माको हातमा बुमराहले हेडलाई क्याच आउट गरेका थिए ।

उनले १७६.७४ को स्ट्राइक रेटमा नौ चौका र चार छक्का प्रहार गरे । यस खेलमा टिम डेभिडले १५ रन, म्याथ्यु वेडले एक रन, प्याट कमिन्सले ११ रन र मिचेल स्टार्कले चार रन बनाए । कमिन्स र स्टार्क अविजित रहे । भारतका अर्शदीप सिंहले तीन विकेट लिए । कुलदीप यादवले दुई विकेट लिए । यसबाहेक बुमराह र अक्षर पटेलले एक–एक सफलता हात पारे ।

यो खेलमा भारतले बलियो ब्याटिङ गर्दै अस्ट्रेलियालाई २०६ रनको लक्ष्य दिएको थियो । यो विश्वकपमा भारतले २०० रन बनाएको यो पहिलो पटक हो । यो टी–२० विश्वकपमा भारतको तेस्रो उच्च स्कोर हो । यसअघि सन् २००७ मा भारतले इंग्ल्याण्डविरुद्ध २० ओभरमा चार विकेट गुमाएर २१८ रन बनाएको थियो ।

त्यस्तै, चालू प्रतियोगितामा भारतले बंगलादेशविरुद्ध २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो । यो खेल भारतले जितेको थियो । यो खेलमा भारतीय ब्याट्सम्यानले जम्मा १५ छक्का प्रहार गरेका थिए । हालको प्रतियोगितामा भारतले यो खेलमा सर्वाधिक छक्का प्रहार गरेको छ । यसअघि बंगलादेशविरुद्ध भारतीय ब्याट्सम्यानले १३ छक्का प्रहार गरेका थिए ।

अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे र जोस हेजलवुडले विराट कोहलीलाई खाता नखोल्दै आउट गरेर कप्तानको निर्णय सही साबित गरे । तर, रोहित खेलमा अर्कै रंगमा देखिए र उनले आँधीबेहरी ब्याटिङ गर्दै कंगारु टोलीका बलरलाई प्रहार गरे । यस अवधिमा रोहितले १९ बलमा आफ्नो अर्धशतक पूरा गरे ।

रोहितले स्टार्कको ओभरमा २९ रन बनाएर बलियो ब्याटिङ जारी राखे । रोहित एक समय शतकतर्फ अघि बढिरहेका थिए तर स्टार्कले उनको इनिङ्स समाप्त गरे । रोहितले ४१ बलमा सात चौका र आठ छक्का प्रहार गरे । रोहित टी–२० अन्तर्राष्ट्रियमा २०० छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।

रोहित आउट भएपछि भारतीय इनिङ्स केही सुस्त भए पनि ऋषभ पन्त (१५), सूर्यकुमार यादव (३१), शिवम दुबे (२८) र हार्दिक पाण्ड्या (२७ अविजित)ले केही राम्रा प्रहार गर्दै टोलीको स्कोर २०० भन्दा माथि पुर्याए । योसँगै विराट कोहली फेरि एकपटक असफल रहे र प्रतियोगितामा दोस्रो पटक खाता नखोली बाहिरिए । अस्ट्रेलियाका लागि स्टार्क र स्टोइनिसले समान २–२ विकेट लिए । योसँगै जोस हेजलवुडले सफलता हात पारे ।