२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार



अ+ अ-

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढ्दा कारोबार रु पाँच अर्ब ८९ करोड नाघेको थियो ।  नेप्से परिसूचक आज नौ दशमलव ३२ अङ्कले घट्दा कारोबार करिब रु ६ अर्ब ५० करोड नजिक पुगेको हो ।

नेप्से परिसूचक आज शून्य दशमलव ४३ प्रतिशतले घटेर दुई हजार एक सय १२ दशमलव २९ को बिन्दुमा कायम भएको छ । तीन सय १३ कम्पनीको एक करोड ४२ लाख ९४ हजार सात सय १२ कित्ता शेयर ७७ हजार चार सय पटक खरिद बिक्री हुँदा रु ६ अर्ब ४४ करोड ३० लाख २९ हजार बराबरको कारोबार भएको हो ।

आजको कारोबारमा विकास बैंक समूह एक दशमलव तीन र वित्त समूह दुई दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह समान एक दशमलव तीन प्रतिशतले घटेका छन् ।

त्यस्तै, बैंकिङ शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव १५, जलविद्युत् शून्य दशमलव १५, जलविद्युत् शून्य दशमलव ५९ र लगानी शून्य दशमलव ६४ प्रतिशतले घटेको छ । जीवन बीमा  समूहको उपसूचक शून्य दशमलव ५१, लघुवित्तको शून्य दशमलव ३८, म्युचुअल फण्डको शून्य दशमलव ११, निर्जीवन बीमाको शून्य दशमलव ८२ र अन्य समूहको उपसूचक शून्य दशमलव ८१ प्रतिशतले घटेको छ ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २८ करोड ४७ लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड प्रमोटर शेयर सात लाख ५० हजार तीन सय ९४ कित्ता शेयर किनबेच भएको छ ।