६ भाद्र २०८३, शनिबार
,
Latest
बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो



अ+ अ-

काठमाडौँ । कोपा अमेरिका फुटबल अन्तर्गत ब्राजिलले बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको छ ।

केहीबेरअघि सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३३ औं मिनेटमा ब्राजिलको गोललाई भिएआरले रद्ध गरिदिएको थियो । आज नै भएको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोलले हरायो ।

कोलम्बियाको जितमा ड्यानियल मुनेज र जेफरसन लेर्माले एक–एक गोल गरे । जुलियो एन्सिसोले पाराग्वेका लागि सान्त्वना गोल गरे ।