१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो



अ+ अ-

काठमाडौँ । कोपा अमेरिका फुटबल अन्तर्गत ब्राजिलले बराबरी खेल्दै प्रतियोगिताको सुरुवात गरेको छ ।

केहीबेरअघि सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३३ औं मिनेटमा ब्राजिलको गोललाई भिएआरले रद्ध गरिदिएको थियो । आज नै भएको अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोलले हरायो ।

कोलम्बियाको जितमा ड्यानियल मुनेज र जेफरसन लेर्माले एक–एक गोल गरे । जुलियो एन्सिसोले पाराग्वेका लागि सान्त्वना गोल गरे ।