• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा



काठमाडौँ । अफगानिस्तानले टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा स्थान बनाएको छ । भर्खरै सम्पन्न खेलमा बंगलादेशलाई डिएलएसमा ८ रनले हराउँदै सेमिफाइनलको टिकट काटेको हो ।

योसँगै अष्ट्रेलियाको विश्वकप यात्रा सुपर ८ बाटै सकिएको छ । अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अफगानिस्तान पहिलोपटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

डिएलएसमा पाएको ११४ रनको लक्ष्य पछ्याएको बंगलादेश १०५ रनमा अलआउट भयो ।

उसका लागि लिटन दासले ५४ रन बनाउँदा तोहिड हृदोयले १४, सौम्य सरकारले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ अफगानिस्तानका नवीन उल हक र रासिद खानले ४–४ विकेट लिए भने फजहल फारुकी र गुलबदिन नइबले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर ११५ रन जोड्यो । उसका लागि रहमानुल्लाह गुरबाजले ४३, रासिद खानले अविजित १९, इब्राहिम जाद्रानले १८ रन जोडे ।

बंगलादेशका लागि बलिङमा रिसाद हुसेनले ३ तथा तास्किन अहमद र मुस्ताफिजुर रहमानले १–१ विकेट लिए ।