४ भाद्र २०८३, बिहीबार
,
Latest
नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’… इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड ‘सिंहदरबारमा होइन, स्थानीय तहमा बढी छ भ्रष्टाचार’ ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’ खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका वैदेशिक सहायता राष्ट्रिय प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । अफगानिस्तानले टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा स्थान बनाएको छ । भर्खरै सम्पन्न खेलमा बंगलादेशलाई डिएलएसमा ८ रनले हराउँदै सेमिफाइनलको टिकट काटेको हो ।

योसँगै अष्ट्रेलियाको विश्वकप यात्रा सुपर ८ बाटै सकिएको छ । अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अफगानिस्तान पहिलोपटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

डिएलएसमा पाएको ११४ रनको लक्ष्य पछ्याएको बंगलादेश १०५ रनमा अलआउट भयो ।

उसका लागि लिटन दासले ५४ रन बनाउँदा तोहिड हृदोयले १४, सौम्य सरकारले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ अफगानिस्तानका नवीन उल हक र रासिद खानले ४–४ विकेट लिए भने फजहल फारुकी र गुलबदिन नइबले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर ११५ रन जोड्यो । उसका लागि रहमानुल्लाह गुरबाजले ४३, रासिद खानले अविजित १९, इब्राहिम जाद्रानले १८ रन जोडे ।

बंगलादेशका लागि बलिङमा रिसाद हुसेनले ३ तथा तास्किन अहमद र मुस्ताफिजुर रहमानले १–१ विकेट लिए ।