१९ श्रावण २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै जलवायु नीति संशोधनमा युवाको प्रत्यक्ष सहभागिता र छुट्टै वित्तीय कोषको माग मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालन सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना सिजन मिडियाद्वारा ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ आयोजना हुने मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो, एकतर्फी आवागमन अवरुद्ध राजनीतिक बिटका पत्रकारसँग शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले अन्तरक्रिया गर्दै सरकारको प्राथमिकता अन्यत्रै, राज्य आतंकको अवस्था सिर्जना भयो : विष्णु रिजाल युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न जिल्ला प्रशासन कार्यालय कास्कीकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्ने तयारी भैरहेको छः ढकाल



अ+ अ-

म्याग्दी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय मर्यादाक्रममा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गर्ने व्यवस्थाका लागि सकारात्मक पहल भइरहेको जानकारी दिनुभएको छ ।

वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीको पनि मर्यादाक्रम निर्धारणका लागि आफूहरुले पहल गरेको र यसमा सरकार सकारात्मक रहेको बताउनुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारणसभालाई शनिबार बेनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “मैले निर्वाचनअघि गृहमन्त्री समक्ष यो प्रस्ताव राखेको छु, उहाँ सकारात्मक हुनुहुन्छ र चाँडै नै हामीले मर्यादाक्रम प्राप्त गर्ने अवस्था बनेको छ ।

ढकालले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष व्यवसायीको मर्यादाक्रमका विषयसहित मेला महोत्सव गर्ने अधिकार जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई मात्र दिनुपर्छ भनेर महासंघले आग्रह गरेको जानकारी दिनुभयो ।

कोभिड महामारीपछि विश्वव्यापी रुपमा आर्थिक गतिविधि संकुचन भएको र त्यसको सिधा प्रभाव नेपालमा परिरहेको उल्लेख गर्नुहुँदै ढकालले बैंकमा तरलता अभाव र कर्जा प्रवाह गर्न नसक्ने अवस्था अहिलेको मुख्य समस्या भएको बताउनुभयो ।

जिल्ला तथा नगर उद्योग वाणिज्य संघको समस्याबारे आफूहरु जानकार रहेको र त्यसको समाधानका लागि महासंघको नेतृत्वले निरन्तर पहल गरिरहेको उहाँको भनाइ छ ।
“बैंकको ब्याजदर, करसम्बन्धी समस्या, व्यवसाय गर्दाका असजिलोलगायतका तपाइँहरुका अप्ठ्यारा हामीले बुझेका छौं,” ढकालले भन्नुभयो, “यी विषयलाई संघीय सरकारमा प्रधानमन्त्री, अर्थमन्त्री, पूर्व प्रधानमन्त्रीहरु तथा नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेर समाधानका उपाय सुझाएका छौं ।”

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले जिल्लाभित्रका सम्भावित आयोजनामा सामूहिक भावनाका साथ अगाडि बढ्न सके लगानी जुटाउन सहज हुने सुझाव दिनुभयो ।

म्याग्दीका सम्भाव्य आयोजनाहरुका सम्बन्धमा आफू जानकार रहेको उल्लेख गर्नुहुँदै जलविद्युत्, पर्यटन प्रवद्र्धन जस्ता प्राकृतिक स्रोतको सदुपयोग गर्ने क्षेत्रमा सहकार्यका लागि उहाँले आग्रह गर्नुभयो ।

“कलेक्टिभ इन्भेष्टमेन्ट गरौं, म आफैं सघाउन तयार छु,” उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश र संघीय सरकारका तर्फबाट सहयोग भए आर्थिक विकासमा धेरै काम गर्न सकिन्छ ।”

आईएमई समूहका अध्यक्षसमेत रहनुभएका उद्यमी ढकालले सातवटै प्रदेशमा चन्द्रागिरीजस्तै पर्यटकीय पूर्वाधार बनाउन लागिपरेको जानकारी दिँदै पर्यटन, जलविद्युत् लगायतका क्षेत्रमा गैरआवासीय नेपालीलाई पनि सँगै अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।