३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेपाल राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने

नेपाल राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’ समेटिने, क्रिप्टोले कानुनी मान्यता नपाउने
अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई कानुनी मुद्राका रूपमा समेट्ने व्यवस्था गरिएको छ । निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानुनी ग्राह्य मुद्रा नमानिने स्पष्ट उल्लेख गरिएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा डिजिटल करेन्सीको अर्थ र कानुनी दायराबारे छलफल भएको हो ।

सो अवसरमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक दीर्घ रावलले डिजिटल करेन्सीको व्यवस्था राख्दा केन्द्रीय बैङ्क डिजिटल करेन्सी (सीबीडीसी) समेटिने बताउनुभयो । क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने राष्ट्र बैङ्क ऐनमा समेटिरहन आवश्यक नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

कार्यकारी निर्देशक रावलका अनुसार क्रिप्टो तथा भर्चुअल करेन्सीसँग सम्बन्धित विषय सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनबाट सम्बोधन भइसकेका छन् । अर्थ सचिव डा घनश्याम उपाध्यायले डिजिटल करेन्सी र डिजिटल बैङ्किङ प्रणालीलाई एउटै विषयका रूपमा परिभाषित गर्न आवश्यक नरहेको बताउनुभयो ।

डिजिटल करेन्सीको स्वरूप र सञ्चालन प्रणाली त्यसकै पद्धतिभित्र पर्ने भएकाले छुट्टै डिजिटल करेन्सी प्रणाली उल्लेख गर्न आवश्यक नरहेको उहाँको भनाइ थियो । सचिव डा उपाध्यायले आवश्यक स्पष्टताका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको डिजिटल करेन्सी भन्ने व्यवस्था गर्न सकिने सुझाव दिनुभयो ।

करेन्सी मूलतः केन्द्रीय बैङ्कसँग सम्बन्धित विषय भएकाले डिजिटल करेन्सी भन्नाले केन्द्रीय बैङ्कले जारी वा तोकेको डिजिटल मुद्रा बुझिने उहाँले स्पष्ट पार्नुभयो । संशोधन प्रस्तावमा ऐनको दफा २ को उपदफा ४ को खण्ड (झ) मा ‘करेन्सी’ भन्नाले नगदका रूपमा चलनचल्तीमा रहेको बैङ्क नोट सम्झनुपर्ने र सो शब्दले सिक्का तथा बैङ्कबाट जारी भएको डिजिटल करेन्सीसमेत जनाउने व्यवस्था गरिएको छ ।

हालको ऐनमा भने बैङ्क नोट र सिक्कालाई मात्र करेन्सीको परिभाषामा समेटिएको छ । त्यसअघि संशोधनकर्तारले केन्द्रीय बैङ्क डिजिटल मुद्रा (सीबीडीसी)’ भन्नाले बैङ्कले जारी गर्ने डिजिटल स्वरूपको कानुनी ग्राह्य मुद्रा सम्झनुपर्ने र सो शब्दले डिजिटल बैङ्किङ प्रणालीसमेत जनाउने व्यवस्था प्रस्ताव गर्नुभएको थियो ।

संशोधनकर्ताबाट बैङ्कबाट जारी भएको डिजिटल करेन्सी भन्नाले नेपाल राष्ट्र बैङ्कद्वारा जारी, नियन्त्रण र निपटान गरिएको केन्द्रीय बैङ्क डिजिटल करेन्सी (सीबीडीसी) सम्झनुपर्ने तथा निजी रूपमा जारी हुने भर्चुअल करेन्सी वा क्रिप्टो करेन्सीलाई ऐनको प्रयोजनका लागि करेन्सी वा कानुनी ग्राह्य मुद्रा नमानिने व्यवस्था राख्न सुझाव दिइएको थियो । रासस