• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

गायिका दिपा तामाङ्गको ‘म एउटा यस्तो गित’ बोलको गित सार्वजनिक



काठमाडौं । नेपाली साङ्गतिक क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेकी गायिका दिपा तामाङ्गको ''म एउटा यस्तो गित'' बोलको गित सार्वजनिक भएको छ ।

गायिका दिपा तामाङ्गको एकल आवाजमा सजियको यो निकै मिठो गितको कस्पोज महेन्द्र राईले गरेका छन् । गितको म्युजिक भिडियोमा गायिका दिपा तामाङ्ग आफैले अभिनय समेत गरेकी छिन् ।

त्यस्तै गितको शब्द भने लोक राईको रहेको छ । कुमार थापाको अरेन्जमा बनाईएको गितको रेकर्डिष्ट भने राजेश श्रेष्ठ रहेका छन् । गित भने युट्युब च्यानल महेन्द्र एण्ड दिपा च्यानलबाट सार्वजनिक गरिएको छ ।