१२ मंसिर २०८१, बुधबार
,
Latest
संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली गुजरातका उर्भिलले तोडे पन्तको कीर्तिमान, टी–२० मा सबैभन्दा छिटो शतक बनाउने भारतीय सुन कारोबारमा सिण्डिकेट हटाउन सर्वोच्चको अन्तरिम आदेश ‘पुष्पा–२’ को सुटिङ पूरा फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो उद्योगहरूको बिजुली तत्काल नकाट्ने प्राधिकरण बोर्डको निर्णय उद्योगहरूको बिजुली नकाटिने बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित चितवन राइनोजले आफ्ना समर्थकलाई खेल देखाउन चितवनदेखि काठमाडौँसम्म फ्रिमा बस व्यवस्था गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर-२ प्रदेशसभा १ मा एमाले विजयी



अ+ अ-

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले) विजयी भएको छ । आज समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

श्रेष्ठले कुल आठ हजार दुई सय ९८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ सय ५१ मत प्राप्त गरे । नेपाली कांग्रेसका रिसा श्रेष्ठले पाँच हजार नौ सय ७३, हाम्रो नेपाली पार्टीका गंगाराम रिजालले तीन हजार एक सय ६९ मत प्राप्त गरे ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका महन्त महर्जनले पाँच सय ८६, स्वतन्त्र उम्मेदवार रुपा सुवेदीले चार सय ४४, जनता समाजवादी पार्टी, नेपालका सुमन खड्काले तीन सय ५९ र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका विनोद सिलवालले एक सय ५४ र नेपालका राम शाहीले ५६ मत प्राप्त गरे ।