१८ भाद्र २०८३, बिहीबार
,
Latest
‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर-२ प्रदेशसभा १ मा एमाले विजयी



अ+ अ-

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले) विजयी भएको छ । आज समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

श्रेष्ठले कुल आठ हजार दुई सय ९८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ सय ५१ मत प्राप्त गरे । नेपाली कांग्रेसका रिसा श्रेष्ठले पाँच हजार नौ सय ७३, हाम्रो नेपाली पार्टीका गंगाराम रिजालले तीन हजार एक सय ६९ मत प्राप्त गरे ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका महन्त महर्जनले पाँच सय ८६, स्वतन्त्र उम्मेदवार रुपा सुवेदीले चार सय ४४, जनता समाजवादी पार्टी, नेपालका सुमन खड्काले तीन सय ५९ र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका विनोद सिलवालले एक सय ५४ र नेपालका राम शाहीले ५६ मत प्राप्त गरे ।