३ भाद्र २०८३, बुधबार
,
Latest
किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै



अ+ अ-

साओ पाओलो । ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ । छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ वर्षा जारी रहेकाले बाढीको खतरा कायमै रहेको छ ।

यहाँ छ दिनदेखि जारी रहेको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या सोमबारसम्म १५२ पुगेको बताइएको छ । यी दुई सहरका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण यहाँका सडक, विजुली तथा अन्य आधारभूत पूर्वाधारहरु पनि भत्किएका छन् ।

आइतबार छैठौँ दिन पनिपनि वर्षा जारी रहेको र यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले जानकारी दिएका छन् । बाढीमा परेर कम्तीमा पनि १६५ जना हराइरहेका बताइएको छ । पहिरो गएको क्षेत्रमा ५०० भन्दा बढी अग्निनियन्त्रकहरू काम गरिरहेका  र ४० वटा स्निफर कुकुरहरूले बेपत्ताको खोजी गरिरहेका थिए। 

रियो डि जेनेरियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोका अनुसार गत मङ्गलबार जारी वर्षा सन् १९३२ पछिको  सबैभन्दा खराब थियो ।त्यसैगरी बाढी तथा डुबानका कारण दर्जनौँ घर क्षतिग्रस्त भएका र हजारौँलाई विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ । विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ । (रासस/सिन्ह्वा)