२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

सीमा नाकाहरु पूर्ण रुपमा बन्द छ, निर्वाचनमा कुनैपनि वाह्य प्रभाव पर्नेछैन: महानिरीक्षक अर्याल (भिडियो सहित)

सीमा नाकाहरु पूर्ण रुपमा बन्द छ, निर्वाचनमा कुनैपनि वाह्य प्रभाव पर्नेछैन:  महानिरीक्षक अर्याल (भिडियो सहित)
अ अ+ अ-

काठमाडों । यतिबेला आसन्न निर्वाचनको मौन अवधि शुरु भएको छ । निर्वाचन आयोग र सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेको छ । निर्वाचनको कारण भारत र चीनसँगका सीमा नाकाहरु बन्द छन् । मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ ।

निर्वाचनमा नेपाली सेना,नेपाल प्रहरी, शसस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन् । मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै सबै सुरक्षा निकायले आफ्नो सुरक्षा व्यवस्था कडा बनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हुने सुरक्षा व्यवस्थाको सम्बन्धमा न्युज एजेन्सी नेपालले निर्वाचनको समग्र सुरक्षा व्यवस्थामा शसस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थाका बारेमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँग कुराकानी गरेको छ । प्रश्तुत छ उहाँसँग गरिएको कुराकानी ।

·प्रश्नः निर्वाचनमा समग्र सुरक्षा व्यवस्थाको कुरा गर्दा सशस्त्र प्रहरी बल, नेपालले पाएको जिम्मेवारीको अवस्था कस्तो छ ?

उत्तरः निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको सम्बन्धमा भन्दा एकीकृत सुरक्षा योजना जुन तयार भइसकेको छ, नेपाल सरकाले बनाएको, निर्वाचन आयोगले बनाएको । एकीकृत सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी बलको जिम्मेवारीभित्र जुनजुन कुराहरु हामीले गर्नुपर्ने भन्नेछ, जस्तोः निर्वाचन अधिकृतको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको सुरक्षा । समग्र रुपमा भन्ने हो भने निर्वाचन अगाडी, निर्वाचनको दिनमा र निर्वाचन पछि मतगणना स्थलसम्मको सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको छ । यसको लागि सुरक्षाको पाटोमा हेर्दा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय र सहकार्यमा सुरक्षा व्यवस्थालाई अन्तिम चरणमा गएर सबै जना फिल्डमा खटिसकेको अवस्था छ । निर्वाचनको सुरक्षा सम्बन्धमा पूर्ण रुपमा तैनाथीको काम सकिसक्यो ।

प्रश्नः निर्वाचनका लागि कस्ता खालका चुनौती आँकलन गरेका छौँ ? कसरी विश्लेषण गरेका छौँ ?

उत्तरः सुरक्षा चुनौती दिनानुदिन नयाँ–नयाँ हुँदै जाने गर्छन् । भर्खरै स्थानीय चुनाव सकियो । त्यो चुनाव हाम्रै सुरक्षा योजना अनुसार हामीले शान्तिपूर्ण रुपमा भयरहीहत रुपमा सम्पन्न ग¥यौं । त्यसको अनुभवका आधारमा यसपालीको सुरक्षा योजना त्यही अनुसार तयार गरेका छौँ । दुई प्रकारको सुरक्षा चुनौतीहरुलाई मैले बनाएको छु । आन्तरिक र वाह्य सुरक्षा चुनौती । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गर्ने जिम्मेवारी पाएको कारणले गर्दाखेरी सम्पूर्ण सिमा नाकाहरु निर्वाचनको दिनको ७२ घण्टा अगाडीबाट बन्द गर्नुपर्ने अवस्था छ, जुन हिजो रातिबाट कार्यान्वयनमा आइसकेको छ । त्यो अवधिमा सीमा नाकाहरु बन्द गर्नुपर्ने र छिमेकी देशहरुबाट हाम्रो देशमा मान्छेहरु आउने क्रमलाई रोक्नुपर्ने, आवत जावत  बन्द गर्नुपर्ने थियो त्यो पूरा गरिसकेका छौँ । त्यो अवस्थामा मान्छेहरु आउँदाखेरी साना हतियारहरु लिएर आउने, अपराधिक मनोवृत्तिका मान्छेहरु भित्र छिर्ने, निर्वाचनलाई प्रभाव पार्नसक्ने, यस्तो क्रियाकलाप नहोस् भनेर हामीले अन्तर्राष्ट्रिय रुपमा छिमेकी देशको सुरक्षाकर्मीहरु सँग समन्वय गरेर ।

उदाहरणका लागि हाम्रो दक्षिणपट्टि २२० वटा बोर्डर आउटपोष्टहरु छन् भने त्यो २२० वटा बोर्डर आउटपोष्टहरु हाम्रो स्थायी चेक पोइन्ट त्यहीँ बसेको छ । कोभिडको बीचमा हामीले १२०० वटासम्म चेक पोइन्टहरु राखेका थियौँ । त्यस्तै हाम्रो चेक पोइन्टले नपुगेको ठाउँ–ठाउँमा, बीचमा ग्यापलाई परिपूर्ति गर्नका लागि भारतको एसएसबीसँग पनि समन्वय गरेर त्यो ग्यापमा उहाँहरुको ड्युटी तैनाथी हुन्छ । र आवतजावत पूर्ण रुपमा बन्द गरी यो निर्वाचनमा वाह्य कुनै प्रभाव नपर्ने व्यवस्था हामीले मिलाएका छौँ । अब आन्तरिक रुपमा भन्नुपर्दा, मतदानस्थलको सुरक्षामा नेपाल प्रहरी, म्यादी प्रहरी खटिएको हुन्छ । त्यसभन्दा बाहेक बाहिर हामी हुन्छौँ । नेपाली सेना हुन्छ । मतदाताको घरदेखि मतदानस्थलसम्म पुग्नका लागि त्यो सम्पूर्ण रुटको, बाटोको सुरक्षा गर्ने जिम्मेवारी पनि हामीमा छ । शान्तिपूर्वक रुपमा, भयरहीत, निर्धक्क तरिकाले गएर आफ्नो मतदान गरेर फर्किने अवस्था सम्मलाई उहाँहरुलाई सुरक्षितसँग घरबाट मतदानस्थल र मतदानस्थलबाट घरसम्म पु¥याउनको लागि सशस्त्र प्रहरी बलले मोबाइल, स्ट्रयाकिङ, चेकपोइन्टहरु राखेर मतदातालाई ढुक्कसाथ निर्वाचन गर्ने वातावरण बनाउनको लागि सुरक्षा तैनाथी भइसकेको छ र यो कुरा सम्पूर्ण फिल्डसम्म निर्देशन जारी भइसकेको छ ।

प्रश्नः आन्तरिक चुनौतीको कुरा गर्दा विभिन्न रुपमा निर्वाचनको वातावरण विथोल्ने प्रयास हुनसक्छ, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ? कुनै निगरानी छ कि छैन ?

उत्तरः निर्वाचनको दिनमा निर्वाचन कसरी शान्तिपूर्ण सम्पन्न गर्न सकिन्छ भन्ने हिसावले सबैभन्दा महत्वपूर्ण कुरा सूचना हो । सूचनालाई विश्लेषण गर्नका लागि हामीले छुट्टै टिमपनि राखेका छौँ । र स्थानीय स्तरमा पनि सूचनालाई महत्व दिएर त्यो सूचनाको विश्लेषण अनुसार कुन ठाउँमा कत्तिको संवेदनशील छ ? कस्ता खालका घटनाहरु हुनसक्छ ? त्यहाँ दुई किसिमको घटनाहरु हुनसक्छ, एउटा निर्वाचन बहिष्कारवादीहरुले गर्नसक्ने घट्ना हुनसक्छ भने अर्को राजनीतिक दलहरुको आपसी झडपको घटनाहरु पनि हुनसक्छन् । यो दुईवटै घटनाहरुलाई कसरी सकेसम्म हुन नदिने र भइहाल्यो भने पनि निर्वाचनलाई बिथोल्न नदिने, निर्वाचनलाई स्थगित हुन नदिनेगरी हामीले योजना बनाएका छौँ । त्यही योजना अनुसार नै यो निर्वाचन सम्पन्न हुन्छ ।

प्रश्नः मतदानस्थलमा मत खसेपछि मत गणनास्थलसम्म लैजान कसरी बन्दोबस्ती गर्नुभएको छ ? यी कामका लागि चाहिने सामग्रीहरुको बन्दोबस्ती कस्तो छ ? कत्तिको पर्याप्त छ ? कसरी व्यवस्थापन गरिएको छ ?

उत्तरः मतदान सकिएपछि मतपेटिकाहरुलाई सुरक्षितसाथ मत गणनास्थलसम्म पु¥याउनका लागि निर्वाचन क्षेत्र क्षेत्रमा टोली खटिएको हुन्छ । निर्वाचन क्षेत्रको हिसाबले हाम्रो परिचालन छ । मतपेटिकाहरुलाई सुरक्षितसाथ मतगणनास्थल सम्म लैजान्छौँ । लजिस्टिकको कुरा पर्याप्त छन् कि छैनन् भन्ने कुरामा अहिले जति हामीलाई प्राप्त भइसकेको छ, त्यसको लागि हामीले राम्रोसँग व्यवस्थापन गरेका छौँ र केही कुराहरु अपुग भयो भनेपनि स्थानीय सरकार र स्थानीय स्रोत, साधन जुटाएर त्यसको लागि कुनै समस्या नहुनेगरी सुरक्षाको वातावरण मिलाएका छौँ ।

प्रश्नः अन्त्यमा, सशस्त्र प्रहरी बल, नेपालको प्रमुखको रुपमा यहाँले मतदाताहरुलाई निर्वाचनको सुरक्षाको विषयलाई लिएर भन्नुपर्ने केही छ कि ?

उत्तरः हाम्रो मुख्य लक्ष्य भनेको यो निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने, यसलाई राज्यले एउटा महाअभियानको रुपमा लिएको छ । यो अभियानलाई पूरा गर्नको लागि सुरक्षाको तर्फबाट कुनैपनि किसिमको कमी कमजोरी हुन्न । मतदाता महानुभावहरु यहाँहरुले कुनैपनि किसिमको डर, धम्की, त्रासको वातावरण पाउनुहुने छैन । ढुक्ककासाथ मतदान गर्ने वातावरण हुन्छ । त्यसकारण बढीभन्दा बढी सहभागिता जनाएर मतदान कार्यमा सहभागि हुनका लागि म यहाँहरु सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु ।