२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

मेसी र रोनाल्डो पाँचौंपटक विश्वकप खेल्दै, दुबैको नजर पहिलो ट्रफिमा

मेसी र रोनाल्डो पाँचौंपटक विश्वकप खेल्दै, दुबैको नजर पहिलो ट्रफिमा
अ अ+ अ-

एजेन्सी । विश्वका सुपरस्टार फरवार्डद्वय लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा धेरै उपाधि दिलाएका छन् । तर दुवै दिग्गज खेलाडी आफ्नो पहिलो विश्वकप ट्रफीको पर्खाइमा छन् । ३५ वर्षीय मेसीले कतार विश्वकप २०२२ माअर्जेन्टिनाको नेतृत्व गर्नेछन् । यो उनको पाँचौं र सम्भवतः अन्तिम विश्वकप हुनेछ ।

अर्जेन्टिनाले ४४ वर्षदेखि विश्वकप ट्रफी जित्न सकेको छैन । यसबीचमा दुई पटक यो टोली उपाधिको निकै नजिक पुगेपनि फाइनलमा पराजित भएको थियो ।

गत वर्ष अर्जेन्टिनाले मेसीकै नेतृत्वमा कोपा अमेरिकाको उपाधि जितेको थियो । यस्तो अवस्थामा मेसीले अर्जेन्टिनाको ४४ वर्षको उपाधि खडेरी अन्त्य गर्न सक्ने अपेक्षा गरिएको छ ।

अर्कोतर्फ रोनाल्डोको टोली पोर्चुगलले एकपटक पनि विश्वकपको उपाधि जित्न सकेको छैन । ३७ वर्षीय रोनाल्डोका लागि यो अन्तिम प्रतियोगिता हुनेछ र उनी यो प्रतियोगिता जित्न चाहन्छन् ।

विश्वकपअघि मेसीले अहिले सबै राष्ट्रिय टोलीसँग खेल्न गाह्रो भएको बताएका छन् । विश्वकपमा कुनै पनि टोलीलाई हराउन सजिलो नरहेको र त्यसमध्ये फ्रान्स र ब्राजिल राम्रा टोली रहेको पनि बताएका छन् ।

अर्जेन्टिनाको बलियो पक्षः
अर्जेन्टिनाको सबैभन्दा बलियो पक्ष भनेको विश्वका उत्कृष्ट फरवार्डहरू मध्येका एक लियोनल मेसी टिममा हुनु हो । अर्जेन्टिनाले पछिल्ला महिनाहरूमा धेरै मेहनत गरेको छ जसले टोलीलाई धेरै आत्मविश्वास दिलाएको छ । मेसी बाहेक अर्जेन्टिनामा फरवार्ड लाउटारो मार्टिनेज र एन्जल डि मारिया पनि छन्, जसले मेसीमाथि गोल गर्ने दबाब केही हदसम्म कम गर्न सक्छन् । केही महिनाअघि अर्जेन्टिनाले युरोपियन च्याम्पियन इटालीलाई ३–० ले हराउँदै फाइनलसिमाको उपाधि जितेको थियो ।

अर्जेन्टिनाको कमजोर पक्षः
पछिल्लो समय अर्जेन्टिनाको डिफेन्सिभ रेकर्ड राम्रो छैन । यस विश्वकप महाकुम्भमा हरेक टिममा उत्कृष्ट फरवार्ड रहेकाले डिफेन्सको परीक्षा हुन्छ । अर्जेन्टिनाले आज बुधबार संयुक्त अरब इमिरेट्ससँग अभ्यास खेल खेल्दै आफ्नो कमजोरीलाई पार गर्ने प्रयास गर्नेछ ।

  • लियोनल मेसीले सन् २००६, २०१०, २०१४ र २०१८ को विश्वकप खेलेका छन्
  • मेसीले विश्वकपमा १९ खेलमा ६ गोल गरेका छन्
  • अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो
  • अर्जेन्टिना ४४ वर्षदेखि विश्वकप ट्रफीको प्रतिक्षामा छ
  • ३ खेल खेलेपछि मेसी यस प्रतियोगितामा अर्जेन्टिनाका लागि सबैभन्दा धेरै क्याप जित्ने खेलाडी बन्ने छन्
  • अर्जेन्टिनाको टोली पछिल्लो ३५ खेलमा हारेको छैन

अर्जेन्टिना विश्वकपको समूह ‘सी’मा रहेको छ । यस समूहमा अर्जेन्टिनासँगै साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड रहेका छन् । अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरबसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

अर्जेन्टिनाको टिमः
गोलकिपरः एमिलियानो मार्टिनेज, फ्रान्को अरमानी, जेरोनिमो रुल्ली

डिफेन्डरः गोन्जालो मोन्टिएल, नहुएल मोलिना, जर्मन पाजेला, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, जुआन फोयथ, निकोलस टेग्लियाफिको, मार्कोस अकुना

मिडफिल्डरः लिआन्ड्रो परेडेस, गुइडो रोड्रिग्वेज, एन्जो फर्नान्डेज, रोड्रिगो डे पल, जाक्वेल पालासियोस, अलेजान्ड्रो गोमेज, एलेक्सिस म्याक अलिस्टर

फरवार्डः पाउलो डिबाला, लियोनेल मेसी, एन्जेल डि मारिया, निकोलस गोन्जालेज, जोकिन कोरिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज

यस्तै, अनुभवी खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा उत्रिने पोर्चुगललाई पनि विश्वकपको उपाधि दाबेदार टिमको रुपमा हेरिएको छ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले टोलीमा समावेश गरिएका सबै खेलाडीमा पोर्चुगललाई विश्व च्याम्पियन बनाउने दृढ संकल्प रहेको बताएका छन् ।

पोर्चुगलको बलियो पक्षः पोर्चुगलमा ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो छन् । टोलीले उनीबाट राम्रो प्रदर्शनको अपेक्षा गरेको छ । रोनाल्डो बाहेक टोलीमा गोल गर्ने क्षमता भएका जोआओ फेलिक्स पनि छन् । टोलीसँग अनुभवी गोलकिपर रुई प्याट्रिको पनि छन्, जसले २०१६ को युरो कप जित्नमा राम्रो भूमिका खेलेका थिए । मिडफिल्डमा, ब्रुनो फर्नान्डिस र बर्नार्डो सिल्भा गोल गर्ने अवसरहरू सिर्जना गर्ने क्षमता राख्दछन् ।

पोर्चुगलको कमजोर पक्षः रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्छन् र इङ्लिस प्रिमियर लिगमा आफ्नो खराब फर्मसँग संघर्ष गरिरहेका छन् । पछिल्लो समय पोर्चुगिज टोलीको फर्म खासै राम्रो छैन र छनोट चरणमा टर्की र उत्तरी म्यासेडोनियालाई पराजित गर्दै प्रतियोगितामा स्थान बनाउन सफल भएको थियो ।

छनोटमा सर्बियालाई पराजित गर्दै टोली दोस्रो स्थानमा रह्यो । पछिल्लो समय नेसन्स लिगमा पनि स्विट्जरल्याण्ड र स्पेनसँग पोर्चुगलले हार ब्यहोरेको थियो । पोर्चुगलको सबैभन्दा ठूलो कमजोरी भनेकै खराब फर्म रहेको छ ।

 

  • क्रिस्टियानो रोनाल्डोले विश्वकपमा १७ खेलमा ७ गोल गरेका छन्
  • ३ गोल गरेसँगै रोनाल्डो पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन्
  • एक गोलसँगै रोनाल्डो पाँच फरक–फरक विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बन्नेछन्
  • सन् १९६६ मा पोर्चुगलको टोली तेस्रो भएको थियो र यो नै विश्वकपमा उसको उत्कृष्ट प्रदर्शन रहेको छ

पोर्चुगलको टिमः
गोलकिपरः डिओगो कोस्टा, रुई प्याट्रिको, जोसे सा

डिफेन्डरः डिओगो डालोट, जोआओ क्यान्सेलो, डानिलो परेरा, पेपे, रुबेन डायस, एन्टोनियो सिल्भा, नुनो मेन्डेस, राफेल गुरेइरो

मिडफिल्डः रुबेन नेभेस, जोआओ पाल्हिन्हा, विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डिस, विटिन्हा, ओटाभियो, जोआओ मारियो, मथियास नुनेस, बर्नार्डो सिल्भा

फरवार्डः राफेल लिओ, जोआओ फेलिक्स, रिकार्डो होर्टा, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा

पोर्चुगल समूह ‘एच’मा रहेको छ । यस समूहमा पोर्चुगलसँगै घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् । पोर्चुगलले नोभेम्बर २४ मा घानासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।