२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जियम नागरिकद्वारा बाल अनाथालयमा सहयोग



अ+ अ-

मङ्गलबारे । युट्युबर टिम टेन्सले इलामको राहशल बाल अनाथालयलाई आर्थिक सहयोग गर्नुभएको छ । बेल्जियमबाट नेपाल घुम्न आउनुभएका टेन्सले युट्युब च्यानलबाट अक्टोबर महिनामा कमाएको एक लाख ३५ हजार (एक हजार युरो)सहयोग गर्नुभएको हो ।

इलाम नगपालिका-९ मा रहेको बाल अनाथालय पुस्कतकालय निर्माणमा सहयोग खर्च हुने उहाँको भनाइ छ । साथै क्विन इलाम पर्यटन प्रवद्र्धन समिति, गायक कविराज निरौला र राहशल अनाथालय सञ्चालक समितिको सहयोगमा अनाथालयका १६ जना बालबालिकालाई पर्यटकीय क्षेत्र कन्याम, अन्तु लगायतका ठाउँमा एकदिने भ्रमणसमेत गराउनु भएको छ ।

नेपालका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणपश्चात् इलाम आउनुभएका उहाँको युट्युबमा १० हजार सस्क्राइबर भएको खुसियालीमा टेन्सले बालबालिकाका निम्ति सहयोग गरेको बताउनुभयो ।

पर्यटन सूचना केन्द्रको भ्रमणपछि इलामका विभिन्न पर्यटकीय क्षेत्र घुम्नुभएका टेन्सले क्विन इलामको सहयोगमा थप ठाउँहरूमा समेत भ्रमण गर्नुभएको थियो ।

इलाम सदरमुकाममा नजिक पर्यटकीयस्थलहरूको भ्रमण गर्नुभएका उहाँले सो क्षेत्रको प्रचारसमेत गर्ने बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थलबारे भिडियोमार्फत् प्रचारसमेत गरिरहनुभएको छ ।