२५ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने… बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी हुनु लज्जास्पद !
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने



अ+ अ-

काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त आँखा दान गरेका छन् । सोमबार तिलगंगा आँखा अस्पतालमा पुगेर श्रेष्ठले आँखा दान गर्न पत्रमा हस्ताक्षर गरेका हुन् ।

स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद दिएका छन् साथै अस्पतालले उनलाई प्रशंसा पत्र पनि प्रदान गरेको छ ।

सविनलाई पहिलेदेखि नै आँखादान गर्ने इच्छा रहेको र समय मिले मिर्गौला र मुटु पनि दान गर्ने बताएका छन् । मिर्गौला र मुटु दान गर्न अस्पतालसँग सल्लाह भईरहेको सविनले बताए ।

सविन परोपकारी कार्यमा पनि सक्रिय रहेका छन् । हालसालै मात्र उनले काठमाडौंका सार्वजनिक शौचालयमा महिलाको लागि स्यानिटरी प्याडको व्यवस्था गरिदिएका थिए ।

सविन अन्दाज, हिरो रिटन्र्स, म, साजन, धन्दागिरी, रामप्यारी, लिलिबिली, ताकतवार र सूर्य किरण फिल्म तथा टेलिसिरियलहरुमा अनुबन्धित रहेका छन् ।




भर्खरै