२५ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने… बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी हुनु लज्जास्पद !
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद: चार सय मिटर दौडमा सोमबहादुर र रमिताको नयाँ कीर्तिमान



अ+ अ-

पोखरा । एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपिएफ क्लबकी रमिताकुमारी थारुले नयाँ कीर्तिमान बनाएका छन् । केहीबेर अघि पोखरा रङ्गशालामा सम्पन्न खेलमा दुवैजनाले नयाँ कीर्तिमान बनाएका हुन् ।

आर्मी क्लबका कुमालले पुरुष चार सय मिटर दौडमा नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते । उनले निर्धारित दुरी ४७ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । कुमालले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । यसअघि कुमालका नाममा ४८ दशमलव २० सेकेन्डको कीर्तिमान थियो । उक्त स्पर्धामा एपिएफका आशिष चौधरीले निर्धारित दूरी ४९ दशमलव ४० सेकेन्डमा पूरा गर्दै रजत पदक प्राप्त गरे । आर्मीकै प्रकाश दनुवारले ४९ दशमलव ९० सेकेन्डका साथ कास्य पदक पाए ।

यसैगरी महिला चार सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले नयाँ कीर्तिमानसँगै स्वर्ण पदक जितिन् । थारुले निर्धारित दूरी ५८ दशमलव १० सेकेण्डमा पूरा गरिन् । यसअघि उक्त कीर्तिमान दिलमाया कार्कीको नाममा थियो ।

कार्कीका नाममा ५८ दशमलव ५० सेकेण्डको कीर्तिमान थियो । उक्त स्पर्धामा त्रिभुवन आर्मी क्लबकी निर्मला थापाले निर्धारित दूरी एक मिनेट ०० दशमलव १४ सेकेण्डका साथ रजत तथा एपिएफ क्लबकी कल्पना श्रेष्ठले एक मिनेट ०० दशमलव ७० सेकेण्डका साथ कास्य पदक प्राप्त गरेकी छिन् ।रासस




भर्खरै