२० मंसिर २०८२, शनिबार
,
Latest
प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद: चार सय मिटर दौडमा सोमबहादुर र रमिताको नयाँ कीर्तिमान



अ+ अ-

पोखरा । एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र एपिएफ क्लबकी रमिताकुमारी थारुले नयाँ कीर्तिमान बनाएका छन् । केहीबेर अघि पोखरा रङ्गशालामा सम्पन्न खेलमा दुवैजनाले नयाँ कीर्तिमान बनाएका हुन् ।

आर्मी क्लबका कुमालले पुरुष चार सय मिटर दौडमा नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते । उनले निर्धारित दुरी ४७ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । कुमालले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् । यसअघि कुमालका नाममा ४८ दशमलव २० सेकेन्डको कीर्तिमान थियो । उक्त स्पर्धामा एपिएफका आशिष चौधरीले निर्धारित दूरी ४९ दशमलव ४० सेकेन्डमा पूरा गर्दै रजत पदक प्राप्त गरे । आर्मीकै प्रकाश दनुवारले ४९ दशमलव ९० सेकेन्डका साथ कास्य पदक पाए ।

यसैगरी महिला चार सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले नयाँ कीर्तिमानसँगै स्वर्ण पदक जितिन् । थारुले निर्धारित दूरी ५८ दशमलव १० सेकेण्डमा पूरा गरिन् । यसअघि उक्त कीर्तिमान दिलमाया कार्कीको नाममा थियो ।

कार्कीका नाममा ५८ दशमलव ५० सेकेण्डको कीर्तिमान थियो । उक्त स्पर्धामा त्रिभुवन आर्मी क्लबकी निर्मला थापाले निर्धारित दूरी एक मिनेट ०० दशमलव १४ सेकेण्डका साथ रजत तथा एपिएफ क्लबकी कल्पना श्रेष्ठले एक मिनेट ०० दशमलव ७० सेकेण्डका साथ कास्य पदक प्राप्त गरेकी छिन् ।रासस