• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

‘ब्रम्हचारी’ गीतको भिडियो सार्वजनिक



काठमाडौं । आनन्द कार्कीको स्वरमा रहेको गीत ‘ब्रम्हचारी’ सार्वजनिक भएको छ । पुरुषोत्तम लामिछानेको शब्द, राजु सिंहको सङ्गीत र अमुल कार्कीढलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण महर्जनको रकेर्डिष्ट रहेको गीतमा किशोर थापाको माष्टर तथा मिक्सिङ रहेको छ ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा आफूले मन पराएको मायालाई न पाएमा बरु ब्रम्हचारी नै बस्छु भन्ने भाव व्यक्त गरिएको छ । झुटो माया लाउदिन बरु ब्रम्हचारी बस्छु भनिएको छ गीतमा ।

निर्माण निर्देशन गीतकार वसन्त वित्यासी थापा रहेको गीतको भिडियोमा सुनिल गुरुङ र प्रतिक्षा खतिवडालाई फिचरिङ गरिएको छ । दिपेन बस्न्यातको छायाँकन तथा सम्पादन रहेको भिडियोमा नन्दा अधिकारीको शृङ्गार छ ।

भिडियो भकारी एमडिसीले निर्माण गरेको हो भने बेष्ट टोन म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतकार लामिछानेको का थुप्रै गीत सार्वजनिक भएका भएपनि यो पहिलो सार्वजनिक भिडियो हो ।