१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा

‘जलविद्युतबाट हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल बनाउने सरकारको लक्ष्य(भिडीयोसहित)

‘जलविद्युतबाट हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल बनाउने सरकारको लक्ष्य(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले नेपालका जलस्रोतलाई जलविद्युतमा विकास गरी हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताउनु भएको छ ।

सोमवार काठमाडौंमा भएको ग्रिन हाइड्रो सम्मेलनमा बोल्दै मन्त्री भुसालले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको हो । उहाँले जलविद्युतलाई हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने विषयमा मन्त्रालयले आवश्यक तयारी गरेको पनि बताउनु भयो ।

मन्त्री भुसालले जलविद्युतको प्रयोगबाट हाइट्रोजनबाट रासायनियक मलको उत्पादनका विषयमा पूर्वसम्भाव्यता अध्ययन गरिसकेको बताउनु भयो । उहाँले हाइट्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बडाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोवल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको जानकारी दिनुभयो ।

मन्त्री भुसालले सन् २०३० भित्रै दिगो विकास र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले विश्वले अहिले हाइट्रोजन ऊर्जाको विषयमा चासो र प्राथमिकतासहित नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी अध्ययन अनुसन्धानहरु गरिरहेकाले नेपाल सरकारले पनि हाइट्रोजन उर्जाको विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालले जलविद्युतको विकास गरी हामीले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने,प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइट्रोजन ऊर्जा,यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको छ । यसका लागि ऊर्जा मन्त्रालयले आवश्यक तयारी समेत गरेको छ । मन्त्रालयले कार्यदल गठन गरेर जलविद्युतको प्रयोगबाट हाइट्रोजनबाट रासायनियक मलको उत्पादनको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ । हाइट्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बडाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोवल ग्रिन इन्स्टिच्यूटबीच समझदारी भएको छ ।’

‘सन् २०३० भित्रै दिगो विकासको लक्ष्य प्राप्त गर्ने र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक छ । विश्वले अहिले हाइट्रोजन ऊर्जाको विषयमा विषेश चासो र प्राथमिकता सहित अध्ययन अनुसन्धानहरु गरिरहेको छ । विकाससील मुलुकहरुको ग्रिन हाइट्रोजन ऊर्जा उत्पादनका सम्बन्धमा नीति निर्माण र प्रविधिको विकास गर्ने,खपतको क्षेत्र निर्धारण गरी विश्वका विकाससील मुलुकहरु अगाडि बढेको अवस्थामा नेपालले पनि यो विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक छ । हाइट्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भुमिका निर्वाह गर्ने विश्वास छ ।’

‘नेपालको जलस्रोतलाई जलविद्युतमा परिणत गर्ने र जलविद्युतको प्रयोग गरी, जलस्रोतलाई हरित हाइट्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि,ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण छ । हरित उर्जामा सबै जनताको पहुँच पु¥याउनको लागि जलविद्युत आयोजनाहरुको दिगो विकास गर्न आवश्यकता छ ।’

मन्त्री भुसालले विश्वमा हाइट्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भुमिका निर्वाह गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालको जलस्रोतलाई जलविद्युतमा विकास गरी जलविद्युतको प्रयोग मार्फत जलस्रोतलाई हरित हाइट्रोजनका रुपमा विकास गरेर नेपालको आर्थिक समृद्धि,ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण हुने बताउनु भयो । उहाँले हरित उर्जामा सबै नेपाली जनताको पहुँच पु¥याउनको लागि जलविद्युत आयोजनाहरुको दिगो विकास गर्न आवश्यकता औंल्याउनु भयो ।