१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा

केटी बालिग भएको प्रमाण हामीसँग छ– सन्दीप लामिछानेका वकिल

केटी बालिग भएको प्रमाण हामीसँग छ– सन्दीप लामिछानेका वकिल
अ अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेका वकिलहरुले बलात्कृत भनिएकी केटी बालिग भएको प्रमाण आफूहरुसँग भएको बताएका छन् ।

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँमा प्रहरीले पेस गर्ने क्रममा अदालतबाहिर उपस्थित सञ्चारकर्मीहरुसँग अधिवक्ता सरोज घिमिरे नाबालिग भनिएकी केटी बालिग भएको प्रमाण रहेको बताएका हुन् ।

“केटीले दुईवटा जन्मदर्ता बनाएको फेला परेको छ । त्यसलाई प्रमाणित गर्ने कागजात पनि हामीले पाइसकेका छौँ । केटीले आफ्नो उमेर घटाएर ढाँटेर जन्मदर्ता बनाउनु भएको छ, त्यो प्रमाण हामी पेस गर्छौँ”, उहाँले भन्नुभयो ।

अदालतमा उपस्थित हुने क्रममा न्यायाधीशसमक्ष लामिछानेले आफू निर्दोष रहेको घटनाक्रम सिलसिलेवार राखेको अर्का वकिल सरोज घिमिरेले बताउनुभयो । उहाँका अनुसार पीडित केटीले आफ्नो उमेर १९ वर्ष भनेर आफूलाई फसाएको कुरा लामिछानेले न्यायाधीशसमक्ष राखेका छन् । पछि विशेष लाभ लिने उद्देश्यले उमेर घटाएको पीडित केटीले भनेको लामिछानेले बताएका थिए ।

आफ्नो करियर र गोपनीयताका सन्दर्भमा त्यस्तो कुनै वैकल्पिक उपचार मलाई उपलब्ध छ कि छैन भनेर लामिछानेले जिल्ला न्यायाधीशसमक्ष जिज्ञासा राखेको र न्यायाधीशले मुद्दाको बेलामा यो विषयलाई उठान गर्न सक्ने जानकारी गराउनुभएको वकिल घिमिरेले बताउनुभयो ।