५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

केटी बालिग भएको प्रमाण हामीसँग छ– सन्दीप लामिछानेका वकिल



अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेका वकिलहरुले बलात्कृत भनिएकी केटी बालिग भएको प्रमाण आफूहरुसँग भएको बताएका छन् ।

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँमा प्रहरीले पेस गर्ने क्रममा अदालतबाहिर उपस्थित सञ्चारकर्मीहरुसँग अधिवक्ता सरोज घिमिरे नाबालिग भनिएकी केटी बालिग भएको प्रमाण रहेको बताएका हुन् ।

“केटीले दुईवटा जन्मदर्ता बनाएको फेला परेको छ । त्यसलाई प्रमाणित गर्ने कागजात पनि हामीले पाइसकेका छौँ । केटीले आफ्नो उमेर घटाएर ढाँटेर जन्मदर्ता बनाउनु भएको छ, त्यो प्रमाण हामी पेस गर्छौँ”, उहाँले भन्नुभयो ।

अदालतमा उपस्थित हुने क्रममा न्यायाधीशसमक्ष लामिछानेले आफू निर्दोष रहेको घटनाक्रम सिलसिलेवार राखेको अर्का वकिल सरोज घिमिरेले बताउनुभयो । उहाँका अनुसार पीडित केटीले आफ्नो उमेर १९ वर्ष भनेर आफूलाई फसाएको कुरा लामिछानेले न्यायाधीशसमक्ष राखेका छन् । पछि विशेष लाभ लिने उद्देश्यले उमेर घटाएको पीडित केटीले भनेको लामिछानेले बताएका थिए ।

आफ्नो करियर र गोपनीयताका सन्दर्भमा त्यस्तो कुनै वैकल्पिक उपचार मलाई उपलब्ध छ कि छैन भनेर लामिछानेले जिल्ला न्यायाधीशसमक्ष जिज्ञासा राखेको र न्यायाधीशले मुद्दाको बेलामा यो विषयलाई उठान गर्न सक्ने जानकारी गराउनुभएको वकिल घिमिरेले बताउनुभयो ।