२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा डुङ्गा दुर्घटनामा परी छहत्तर जनाको मृत्यु



अ+ अ-

अबुजा । नाइजेरियामा भएको डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।दक्षिणी सहर अनाम्बरामा सो डुङ्गा दुर्घटना भएको हो । सो दुर्घटनाको नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले आइतबार पुष्टि गर्नुभएको छ ।

त्यहाँ भएको सो दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको र यहाँका सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको हो ।

शुक्रबार राति सो दुर्घटना भएको थियो । त्यस दुर्घटनाप्रति राष्ट्रपति बुहारीले सो विज्ञप्तिमा दुःख पनि व्यक्त गर्नुभएको छ । गत शुक्रबार ८५ जना यात्रु लिएर गएको डुङ्गा देशको दक्षिणी प्रान्त अनाम्बराको ओग्बुरुमा पुगेर दुर्घटनामा परेको थियो । त्यसमा रहेका अरु यात्रुको उद्धार गरिएको थियो ।

त्यस समयमा आएको बाढीका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । डुङ्गा दुर्घटनामा परेपछि त्यसमा रहेका यात्रुको उद्धारका लागि राष्ट्रपति बुहारीले आवश्यक सहयोग गर्न देशका सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो ।

नाइजेरियामा समय समयमा डुंगा दुर्घटना हुने गर्दछ । यहाँ विशेषगरी क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले डुंगा दुर्घटनामा पर्ने गरेका छन् ।