६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

मनका पनि धनी गायक प्रकाश सपुत

मनका पनि धनी गायक प्रकाश सपुत
अ+ अ-

काठमाडौं । मानिस सामाजिक प्राणी भएकै कारण हामी एक अर्काप्रति सम्मान र सहयोगको भावना राख्दछौं । कसैले गाएर, कसैले नाचेर, कसैले लेखेर, त कसैले बोलेर यो समाजलाई सकेको टेवा र सेवा दीईरहेकै हुन्छन्  । समाजमा रहेपछि हामी हरेक नागरिकको दायित्व हुन्छ एक अर्कालाई सहयोग गरौं । एक आर्का बिचको मानवताको भावनाले नै संसार अडेको छ । यो समाज बस्न लायक बनेको छ ।

सांगितिक क्षेत्रको कुरा गर्ने हो भने पनि बेला बेला हाम्रा संगित श्रष्टाहरुले पनि आफ्ना गला र कलाले समाजलाई कुनै न कुनै कोणबाट सहयोग गरेका छन् । तिनै श्रष्टाहरुमध्ये हरेक पटक नेपाली समाजमा भएका समस्या र कुरितिहरुको बारेमा आफ्नो गला चलाउने गायक हुन् प्रकाश सपूत । गायक प्रकाश सपूतले नेपाली समाजलाई पछिल्लो समय निकै मार्मिक गितहरुको कोसेली दिएका छन् । उनका गलबन्दी च्यातियो देखी लिएर कुरा बुझ्न पर्च सम्मको सांगितिक कोसेलीले हाम्रो समाजलाई निकै प्रभाव पारेको छ ।

गायक प्रकाश सपूतले आफ्ना संगितको जादुले त नेपालीहरुको मन जितेकै छ, साथ साथै उनको सहयोगी मनले आज साच्चैं नेपालीहरुमाझ उनी प्रतिको सम्मान अझै बढाएको छ । गायक प्रकाश सपूत र उनको टीमले रक्षा नेपाललाई २५ हज़ार रुपैँया, केही थान स्यानिटरी प्याड, र केही थान नूडल्स सहयोग गरेका छन् । यूट्यूब को ट्रेन्डिङ नम्बर एकमा परिरहेको गायक प्रकाश सपूतको “कुरा बुझ्नु पर्च” बोलको गितको टीमको तर्फवाट यो सहयोग रक्षा नेपाललाई गरिएको हो ।

रक्षा नेपालले गायक प्रकाश सपूत र उनको टिमलाई सो सहयोगको निम्ती आभार समेत व्यक्त गरेका छन् । साँच्चै नेपाली कलाकारहरु मनका पनि धनी छन् भन्ने कुराको उदाहरण हो यो सहयोग । समाजमा रहेको हरेक विसंगती, कुरितिको र समकालीन समस्याहरुलाई आफ्नो गितको मार्फत एउटा मिठो कोसेलीको स्वरुप दिएर पस्कन सक्ने क्षमतावान गायक प्रकाश सपूतको यो सहयोगी भावनालाई सलाम छ ।