• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ: महेश बस्नेत



भक्तपुर । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दावी गर्नु भएको छ ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ, नेपाल बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै नेता बस्नेतले यस्तो दावी गर्नु भएको हो । उहाँले एमाले फुटाउने कर्ममा लागेका फटाहाहरु र अपराधकर्ममा लिप्त रहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाई दिई फेरी अर्थमन्त्री बनाउने अभियानमा संलग्नहरुलाई आफ्नो पार्टीको सरकार बनेपछि तह लगाउने चेतावनी समेत दिनु भयो । नेता बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन सकेसम्म सर्वसम्मत उम्मेदवार चयन गर्ने र टोलटोलमा पार्टीको संगठन परिचालन गर्ने कामलाई तीव्रता दिने योजना बनाइएको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘मंसीर ४ गते पछाडि नेकपा (एमाले) फेरी सरकारमा आउँदैछ । त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ ।’

‘एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ । र, त्यस काममा युवा संघ, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । अनि एमाले फुटाउनका लागि अर्थ मन्त्रालयका सिसीटिभी फुटेज लुकाउन लाग्छ । गृह मन्त्रालय पनि लुकाउन लाग्छ । छानवीन आयोग सफाई आयोगमा परिणत हुन्छ । अनि सफाई दिएर जनार्दन शर्मालाई फेरी अर्थमन्त्री बनाईन्छ । किन एमाले विरुद्ध गठबन्धन रु एमालेले विकास गर्छ । यो धर्तीमा विकास गर्नु हुन्न । त्यही भएर गठबन्धन । एमाले राष्ट्रियताको पक्षमा छ । यो धर्तीमा राष्ट्रियता समाप्त पार्नुपर्छ । त्यही भएर गठबन्धन । एमाले जनताको जीविकाको पक्षमा छ । गठबन्धन भ्रष्टाचारलाई प्रश्रय दिन्छ । त्यही भएर गठबन्धन ।’

नेता बस्नेतले मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोप समेत लगाउनु भयो ।