• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा बुधबार सफाइ दिएको हो ।

फैसलापछि सन्दीपले अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गर्दै ढिलै भए पनि आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।

‘अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ । मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु ।’ सन्दीपले भने ।

समर्थकहरुको मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने अठोट र अभिलाषा अझै उच्च बनेको उनको भनाई छ ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।