२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ: महेश बस्नेत



अ+ अ-

भक्तपुर । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दावी गर्नु भएको छ ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ, नेपाल बागमती प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै नेता बस्नेतले यस्तो दावी गर्नु भएको हो । उहाँले एमाले फुटाउने कर्ममा लागेका फटाहाहरु र अपराधकर्ममा लिप्त रहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाई दिई फेरी अर्थमन्त्री बनाउने अभियानमा संलग्नहरुलाई आफ्नो पार्टीको सरकार बनेपछि तह लगाउने चेतावनी समेत दिनु भयो । नेता बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन सकेसम्म सर्वसम्मत उम्मेदवार चयन गर्ने र टोलटोलमा पार्टीको संगठन परिचालन गर्ने कामलाई तीव्रता दिने योजना बनाइएको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘मंसीर ४ गते पछाडि नेकपा (एमाले) फेरी सरकारमा आउँदैछ । त्यतिखेर अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ ।’

‘एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ । र, त्यस काममा युवा संघ, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । अनि एमाले फुटाउनका लागि अर्थ मन्त्रालयका सिसीटिभी फुटेज लुकाउन लाग्छ । गृह मन्त्रालय पनि लुकाउन लाग्छ । छानवीन आयोग सफाई आयोगमा परिणत हुन्छ । अनि सफाई दिएर जनार्दन शर्मालाई फेरी अर्थमन्त्री बनाईन्छ । किन एमाले विरुद्ध गठबन्धन रु एमालेले विकास गर्छ । यो धर्तीमा विकास गर्नु हुन्न । त्यही भएर गठबन्धन । एमाले राष्ट्रियताको पक्षमा छ । यो धर्तीमा राष्ट्रियता समाप्त पार्नुपर्छ । त्यही भएर गठबन्धन । एमाले जनताको जीविकाको पक्षमा छ । गठबन्धन भ्रष्टाचारलाई प्रश्रय दिन्छ । त्यही भएर गठबन्धन ।’

नेता बस्नेतले मुलुकमा विकास निर्माण हुन नदिन, भ्रष्टाचारलाई प्रश्रय दिन, राष्ट्रियतालाई समाप्त पार्न सत्तारुढ गठबन्धन एमालेविरुद्ध लागि परेको आरोप समेत लगाउनु भयो ।




भर्खरै