९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि

गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि
अ अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले दुई महिनाको अवधिमा ५२ किलो भन्दा बढी सुन बरामद गरेको छ ।

२०८० चैत र २०८१ वैशाख महिनामा विमानस्थलबाट ६ करोड ८७ लाख ७८ हजार ७३५ बराबरको ५२.७२९ किलो सुन बरामद गरी सशस्त्र प्रहरीले भन्सार दाखिला गरेको हो । उक्त अवधिमा अवैध सुन ओसारपसार गर्ने २२ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सशस्त्र प्रहरीले चैत र वैशाख महिनामा विशेष सूचनाको आधारमा अवैध ओसार पसारमा संलग्न १७ वटा ठूला र १५ वटा साना गरी ३२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभागरकार्यालयहरूमा पठाएको छ । सोही अवधिमा राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालयहरूसँगको समन्वयमा संयुक्त रूपमा ९२ वटा ठूला र ५५ वटा साना गरी एक सय ४७ वटा सवारी साधन नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग÷कार्यालयहरूमा पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले चैत महिनामा १२ करोड ७२ लाख एक हजार दुई सय १२ र वैशाख महिनामा १४ करोड ६० लाख २४ हजार ८८ रुपैयाँ बराबरको ९अवैध रूपमा आयात निर्यात भएकोरबिल बिजक नभएको० सामान जफत गरी भन्सार तथा राजस्व अनुसन्धान कार्यालयहरूमा दाखिला गरेको छ । चैतमा ११ करोड १८ लाख ३० हजार दुई सय ६१ रुपैयाँ र वैशाखमा १३ करोड ८१ लाख ८९ हजार नौ सय ३१ रुपैयाँ गरी २५ करोड २० हजार एक सय ९२ बराबरको दाखिला गरेको छ ।

वैशाखमा भन्सार तथा राजस्व अनुसन्धान कार्यालयहरूमा बुझाइएको सामानको दाखिला मूल्य २७ करोड ३२ लाख २५ हजार तीन सय रहेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा ९।२८ प्रतिशतले बढी हो । चैत महिनाको तुलनामा वैशाख महिनामा भन्सार तथा राजस्व अनुसन्धान कार्यालयमा दाखिला गरिएको सामानको मूल्य १४.७९ प्रतिशत बढी हो ।
चैत र वैशाखमा ३४ करोड २० लाख ४ हजार ३५ रुपैयाँ बराबरको सामान भन्सार-राजस्व अनुसन्धान कार्यालयमा सशस्त्र प्रहरीले दाखिला गरेको छ । यो रकम गत वर्षको सोही अवधि (२५ करोड २० हजार एस सय ९२)को तुलनामा ३६.७९ प्रतिशतले बढी हो ।

चैत महिनामा कूल ४० करोड ६६ लाख १० हजार ७३ रुपैयाँ बराबरको राजस्व दाखिला भएको छ भने वैशाख महिनामा कूल ५२ करोड ९७ लाख ७ हजार दुई सय ५३ रुपैयाँ बराबरको गरी उक्त अवधिमा कुल ९३ करोड ६३ लाख १७ हजार तीन सय २६ रुपैयाँ बराबरको राजस्व रकम दाखिला भएको छ । अवैध मालसामान बरामद चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायताबाट राजस्व संकलन भएको हो ।
ती मध्ये अवैध मालसामान ओसार पसार गर्ने ८९ जना मानिस पक्राउ गरिएको र सो बापत ३४ करोड ६९ लाख ८९ हजार पाँच सय ३१ रुपैयाँ बराबरको सामान भन्सार-राजश्व अनुसन्धान विभागमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । ट्राफिक जरिवाना बापत ३० करोड ५६ लाख ४६ हजार नौ सय ५६ रुपैयाँ राजस्व खातामा दाखिला भएको छ ।
प्रहरीले अवैध सुन ओसार पसार गर्ने २२ जनालाई पक्राउ गरिएको र ती मानिसहरूको साथमा रहेको ११ करोड ५५ लाख ६० हजार दुई सय ९० रुपैयाँ बराबरको सुन भन्साररअदालत दाखिला गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि एक हजार पाँच सय १९ जना मानिसहरू पक्राउ गरिएको र सो बापत नौ करोड ४९ लाख ७० हजार आठ सय ६२ रुपैयाँ राजस्व संकलन भएको छ ।

चैत र वैशाखमा गैरकानूनी कार्यमा संलग्न एक हजार आठ सय १८ जना कानूनी दायरामा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ । गत आर्थिक वर्षको चैत र वैशाख महिनामा कूल ७९ करोड ११ लाख ६० हजार तीन सय ३२ रुपैयाँ बराबर राजस्व दाखिला भएकोमा यो आवको चैत र वैशाखमा दाखिला भएको कूल ९३ करोड ६३ लाख १७ हजार तीन सय २६ रुपैयाँ बराबरको राजस्व दाखिला भएको छ । यसबाट अघिल्लो आवको सोही अवधिको तुलनामा यस आवको सोही अवधिमा १८।३५ प्रतिशतले राजस्वमा वृद्धि भएको छ । चैत महिनाको तुलनामा वैशाख महिनामा ३०।२ प्रतिशतले राजस्वमा वृद्धि भएको हो ।

राजस्व चुहावट र सीमा अपराध नियन्त्रणका विषयमा उद्योगी व्यवसायीसँग मोरङ र पर्सामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । सीमा इलाकामा अवैध रूपमा भण्डारण गरी राखिएका गोदामहरूको खोज तलास गरी आधिकारिक निकायसँगको समन्वयमा छापा हानी अवैध सामानहरू नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाएको छ । पछिल्लो दुई महिनाको अवधिमा पाँच स्थान छापा हानी अवैध सामानहरू बरामद गरेको छ । योसँगै गत वर्ष १३ स्थानमा छापा हानेको छ ।

साथै सशस्त्र प्रहरीले सीमा सुरक्षा, अवैध निकासी पैठारी नियन्त्रण तथा सीमा अपराध नियन्त्रणका लागि भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा चौबिसै घण्टा गस्ती गर्ने गरेको छ । अवैध चोरी तस्करी हुने मुख्य नाकाहरूमा पिकेटरगस्ती चौबिसै घण्टा खटाउनुका साथै सीमा अपराध नियन्त्रण तथा अवैध निकासी पैठारी नियन्त्रणको लागि सीमावासीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन समेत गरेको छ । सीमा जोडिएका जिल्लाहरूमा खटिएका कमान्डरहरूलाई प्रधान कार्यालयमा झिकाई सशस्त्र प्रहरी बलले चुहावट नियन्त्रणका लागि आवश्यक निर्देशन पनि दिएको छ ।

यसअघि सरकारका सुरक्षा निकायहरूबिचमै समन्वय नहुँदा राजस्व घटेको भन्दै गृहसचिव एकनारायण अर्यालले राजस्व वृद्धि गर्ने तर्फ ध्यान दिन निर्देशन दिएका थिए । गृह मन्त्रालयमा गत फागुन ३० मा पदवहाली गरेसँगै अर्यालले पहिलो निर्देशनमै राजस्व वृद्धिमा उल्लेख्य योगदान पुर्‍याउन सक्ने र त्यसका लागि विशेष गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका थिए । सोही निर्देशनको प्रभाव स्वरूप राजस्व संकलनमा वृद्धि भएको हो ।