• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले दुई महिनाको अवधिमा ५२ किलो भन्दा बढी सुन बरामद गरेको छ ।

२०८० चैत र २०८१ वैशाख महिनामा विमानस्थलबाट ६ करोड ८७ लाख ७८ हजार ७३५ बराबरको ५२.७२९ किलो सुन बरामद गरी सशस्त्र प्रहरीले भन्सार दाखिला गरेको हो । उक्त अवधिमा अवैध सुन ओसारपसार गर्ने २२ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

सशस्त्र प्रहरीले चैत र वैशाख महिनामा विशेष सूचनाको आधारमा अवैध ओसार पसारमा संलग्न १७ वटा ठूला र १५ वटा साना गरी ३२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभागरकार्यालयहरूमा पठाएको छ । सोही अवधिमा राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालयहरूसँगको समन्वयमा संयुक्त रूपमा ९२ वटा ठूला र ५५ वटा साना गरी एक सय ४७ वटा सवारी साधन नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग÷कार्यालयहरूमा पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले चैत महिनामा १२ करोड ७२ लाख एक हजार दुई सय १२ र वैशाख महिनामा १४ करोड ६० लाख २४ हजार ८८ रुपैयाँ बराबरको ९अवैध रूपमा आयात निर्यात भएकोरबिल बिजक नभएको० सामान जफत गरी भन्सार तथा राजस्व अनुसन्धान कार्यालयहरूमा दाखिला गरेको छ । चैतमा ११ करोड १८ लाख ३० हजार दुई सय ६१ रुपैयाँ र वैशाखमा १३ करोड ८१ लाख ८९ हजार नौ सय ३१ रुपैयाँ गरी २५ करोड २० हजार एक सय ९२ बराबरको दाखिला गरेको छ ।

वैशाखमा भन्सार तथा राजस्व अनुसन्धान कार्यालयहरूमा बुझाइएको सामानको दाखिला मूल्य २७ करोड ३२ लाख २५ हजार तीन सय रहेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा ९।२८ प्रतिशतले बढी हो । चैत महिनाको तुलनामा वैशाख महिनामा भन्सार तथा राजस्व अनुसन्धान कार्यालयमा दाखिला गरिएको सामानको मूल्य १४.७९ प्रतिशत बढी हो ।
चैत र वैशाखमा ३४ करोड २० लाख ४ हजार ३५ रुपैयाँ बराबरको सामान भन्सार-राजस्व अनुसन्धान कार्यालयमा सशस्त्र प्रहरीले दाखिला गरेको छ । यो रकम गत वर्षको सोही अवधि (२५ करोड २० हजार एस सय ९२)को तुलनामा ३६.७९ प्रतिशतले बढी हो ।

चैत महिनामा कूल ४० करोड ६६ लाख १० हजार ७३ रुपैयाँ बराबरको राजस्व दाखिला भएको छ भने वैशाख महिनामा कूल ५२ करोड ९७ लाख ७ हजार दुई सय ५३ रुपैयाँ बराबरको गरी उक्त अवधिमा कुल ९३ करोड ६३ लाख १७ हजार तीन सय २६ रुपैयाँ बराबरको राजस्व रकम दाखिला भएको छ । अवैध मालसामान बरामद चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायताबाट राजस्व संकलन भएको हो ।
ती मध्ये अवैध मालसामान ओसार पसार गर्ने ८९ जना मानिस पक्राउ गरिएको र सो बापत ३४ करोड ६९ लाख ८९ हजार पाँच सय ३१ रुपैयाँ बराबरको सामान भन्सार-राजश्व अनुसन्धान विभागमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । ट्राफिक जरिवाना बापत ३० करोड ५६ लाख ४६ हजार नौ सय ५६ रुपैयाँ राजस्व खातामा दाखिला भएको छ ।
प्रहरीले अवैध सुन ओसार पसार गर्ने २२ जनालाई पक्राउ गरिएको र ती मानिसहरूको साथमा रहेको ११ करोड ५५ लाख ६० हजार दुई सय ९० रुपैयाँ बराबरको सुन भन्साररअदालत दाखिला गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि एक हजार पाँच सय १९ जना मानिसहरू पक्राउ गरिएको र सो बापत नौ करोड ४९ लाख ७० हजार आठ सय ६२ रुपैयाँ राजस्व संकलन भएको छ ।

चैत र वैशाखमा गैरकानूनी कार्यमा संलग्न एक हजार आठ सय १८ जना कानूनी दायरामा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ । गत आर्थिक वर्षको चैत र वैशाख महिनामा कूल ७९ करोड ११ लाख ६० हजार तीन सय ३२ रुपैयाँ बराबर राजस्व दाखिला भएकोमा यो आवको चैत र वैशाखमा दाखिला भएको कूल ९३ करोड ६३ लाख १७ हजार तीन सय २६ रुपैयाँ बराबरको राजस्व दाखिला भएको छ । यसबाट अघिल्लो आवको सोही अवधिको तुलनामा यस आवको सोही अवधिमा १८।३५ प्रतिशतले राजस्वमा वृद्धि भएको छ । चैत महिनाको तुलनामा वैशाख महिनामा ३०।२ प्रतिशतले राजस्वमा वृद्धि भएको हो ।

राजस्व चुहावट र सीमा अपराध नियन्त्रणका विषयमा उद्योगी व्यवसायीसँग मोरङ र पर्सामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । सीमा इलाकामा अवैध रूपमा भण्डारण गरी राखिएका गोदामहरूको खोज तलास गरी आधिकारिक निकायसँगको समन्वयमा छापा हानी अवैध सामानहरू नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाएको छ । पछिल्लो दुई महिनाको अवधिमा पाँच स्थान छापा हानी अवैध सामानहरू बरामद गरेको छ । योसँगै गत वर्ष १३ स्थानमा छापा हानेको छ ।

साथै सशस्त्र प्रहरीले सीमा सुरक्षा, अवैध निकासी पैठारी नियन्त्रण तथा सीमा अपराध नियन्त्रणका लागि भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा चौबिसै घण्टा गस्ती गर्ने गरेको छ । अवैध चोरी तस्करी हुने मुख्य नाकाहरूमा पिकेटरगस्ती चौबिसै घण्टा खटाउनुका साथै सीमा अपराध नियन्त्रण तथा अवैध निकासी पैठारी नियन्त्रणको लागि सीमावासीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन समेत गरेको छ । सीमा जोडिएका जिल्लाहरूमा खटिएका कमान्डरहरूलाई प्रधान कार्यालयमा झिकाई सशस्त्र प्रहरी बलले चुहावट नियन्त्रणका लागि आवश्यक निर्देशन पनि दिएको छ ।

यसअघि सरकारका सुरक्षा निकायहरूबिचमै समन्वय नहुँदा राजस्व घटेको भन्दै गृहसचिव एकनारायण अर्यालले राजस्व वृद्धि गर्ने तर्फ ध्यान दिन निर्देशन दिएका थिए । गृह मन्त्रालयमा गत फागुन ३० मा पदवहाली गरेसँगै अर्यालले पहिलो निर्देशनमै राजस्व वृद्धिमा उल्लेख्य योगदान पुर्‍याउन सक्ने र त्यसका लागि विशेष गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका थिए । सोही निर्देशनको प्रभाव स्वरूप राजस्व संकलनमा वृद्धि भएको हो ।