४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी



file photo
अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान)ले सन्दीप लामिछानेलाई आगामी जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप २०२४ खेल्न पठाउने तयारी गरेको छ ।

उच्च अदालत पाटनबाट बलात्कार मुद्धामा सन्दीपले सफाई पाएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।

भोली सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी छ ।

आईसीसीको प्रावधान अनुसार २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । नेपाली टोलीले हाल वेस्ट इन्डिजमा अभ्यास गरिरहेको छ । नेपालले सन्दीपलाई पठाउदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ ।

आईसीसीको नियम अनुसार १५ खेलाडी मात्रै विश्वकप स्क्वाडमा राख्न पाइन्छ ।