११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

गगन थापामाथि खनिए ओली, संसद बैठकमा उदण्डता प्रश्तुत गरेको आरोप

गगन थापामाथि खनिए ओली, संसद बैठकमा उदण्डता प्रश्तुत गरेको आरोप
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रश्तुत गरेको बताउनुभएको छ ।

बुधवार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसका महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रश्तुत भएर उदण्डता देखाएको बताउनुभएको हो । उहाँले सभामुखले बोल्न समय दिँदा तपाईको निगाहाको समय चाहिँदैन भन्ने अभिव्यक्तिले उदण्डता प्रदर्शन भएको बताउनु भयो । उहाँले नेपाली काँग्रेसको सभामुखसँग बोल्ने भाषा यही हो ? भनेर जवाफ समेत माग गर्नुभयो ।

उहाँले काँग्रेसले एकदलीय, एकाधिकारवादी र तानाशाही चलाउन खोजेको हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले नेपाली काँग्रेस राजनीतिक अभिष्ट पूरा नभएपछि अरुलाई अपराधि करार गर्न लागेको बताउनु भयो । उहाँले भ्रष्टाचारमा दोषि करार भएका काँग्रेसका सांसदले कुनै मुद्दा नभएको मानिसउपर छानविन गर्न समिति गठन गर भनि नाराबाजी गरेको भन्दै काँग्रेसलाई सरम हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राजनीतिक अभिष्ट पूरा भएन । स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने ? अनि आफ्नोतर्फ आउन फकाउँदा फकिएन भने अपराधि भइहाल्ने ? नारा लाउनेमा कस्तो छन् ? नेपाली काँग्रेसलाई सरम हुनुपर्दछ । मुद्दा हारेका, भ्रष्टाचारमा आरोपी होइन अपराधी ठहरिएका मान्छे नेपाली काँग्रेसले भित्र ल्याएर अपराधमा कसुर ठहरिएका मान्छे, अपराधी हो भनेर अदालतले फैसला गरेको मान्छे आएर अर्को, जसमाथि कुनै मुद्दा छैन । केही छैन । ऊ चाहीँ भ्रष्टाचारी हो । छानविन आयोग गठन गर भनेर ? के छानविन आयोग गठन गर्ने भ्रष्टाचारी ठहर भएकाले नारा लगाइराखेका छन् । नेपाली काँग्रेसलाई सरम हुँदैन ? भ्रष्टाचार ठहर भएको आफ्नो भएपनि सांसदलाई बाहिर निकाल्नु पर्दैन ? नियम कानुन नेपाली कांग्रेसले बुझेको छैन ? नियम पढेको छैन ? नेपाली जनतामा भ्रम पर्न आवश्यक छैन ।

नेकपा(एमाले) चाहन्छ, देशको अर्थतन्त्र नाजुक अवस्थामा छ । राजनीति जटिल अवस्थामा छ । यस्तो अवस्थामा एउटा पार्टीको संकिर्ण स्वार्थ, गुट स्वार्थ, सत्ता स्वार्थका लागि संसद बन्धक बनाएर राख्ने र स्वेच्छाचारी ढंगले आफ्नो इच्छा अनुसार मात्रै संसद चल्ने ? सभामुखले फलानालाई बोल्न दिन्छु भन्दा बोल्न दिन नपाइने । यति अशिष्ट ढंगले । सभामुखले मैले तपाईलाई समय दिएँ भन्दा तपाईको निगाहाको समय चाहिँदैन भनेर उदण्डता प्रदर्शन गर्ने संसदमा ।

सभामुखसँगको के भाषा हो नेपाली काँग्रेसको ? सभामुखसँग त्यस्तो भाषाले प्रश्तुत भएर यो संसद चलाउने खोजेको हो नेपाली काँग्रेसले ? काँग्रेस एकदलीय, एकाधिकारवादी, तानाशाही चलाउन खोज्छ कि बहुदलीय व्यवस्था चलाउन खोज्छ ? भिन्न आस्था, भिन्न विचार, भिन्न संस्था, भिन्न पार्टी, सहअस्तित्व र पारस्परिक मर्यादा त्यो कुरा नेपाली कांग्रेस बुझ्छ कि बुझ्दैन ?’

अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा बोल्न पाउनुपर्ने बताउनु भयो । उहाँले लामिछानेलाई आरोपित गरिएको भन्दै आरोपित व्यक्तिले बोल्न र सफाइ दिन पाउनुपर्ने बताउनु भयो । उहाँले आगामी संसद बैठकमा नेकपा(एमाले) पनि बोल्ने बताउनु भयो । उहाँले कांग्रेसको आग्रहपूर्ण, द्वेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडी कुनै समिति बनाइरहनु जरुरी नभएको बताउनु भयो । उहाँले संसद बैठक रोक्नुपर्ने आवश्यकता नरहेको भन्दै काँग्रेसले बैठक रोके नमान्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेसले पाखुरा देखाएको भरमा, मसलको राजनीति गरेको भरमा हामी लत्रिदिनु पर्ने ? आरोपित गरिएको व्यक्ति बोल्न र सफाइ दिन पाउनुपर्छ । पहिलो कुरा नै त्यहीँ हो । बोल्न पाउनुपर्छ । अब अर्कोदिन बाट हामी पनि बोल्न खोज्छौँ । काँग्रेस बोल्न पाउने, हामी बोल्न नपाउने ? कांग्रेस बोल्दा हामी सुन्नुपर्ने, हामी बोल्दा काँग्रेस कराउने । कहाँ हुन्छ त्यो ? काँग्रेसलाई बोल्न दिइँदैन अब । पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ । होइन भने हामी बोल्छौँ । कांग्रेसले चाहीँ आरोपित गरिरहने । बकवास गरिरहने । अर्काले प्रतिवाद पनि गर्न नपाउने ? त्यस्तो न प्रजातन्त्र हुन्छ । न संसदीय अभ्यास हुन्छ । त्यसकारण मर्यादित संसदीय अभ्यासका लागि हामी सर्मपित छौँ । हामी लड्छौँ ।

हामी चुप लागेर बसेका छौँ भनेर हाम्रो बोलि छैन भन्ने कांग्रेसले नबुझे हुन्छ । संसद अविलम्ब भोलिबाट सुचारु हुनुपर्दछ । देश र जनताको, माननीय सांसदहरुको देशको लागि अहिले चिन्तित हुनुपर्ने बेलामा सांसदहरुको, संसदको यो समय कांग्रेसको लहडबाजीमा बर्बाद गरिनु हुँदैन । काँग्रेसको कुण्ठा, आक्रोश ? सरकार खुस्कियो होला त अनि रविलाई चिथोर्ने ? रविको कमी कमजोरी छ भने निकाय छन् नि कारबाही गर्ने ? कसैले केही कारबाही थालेको छैन आफैँ सबकुछ गर्ने नेपाली कांग्रेस ।

जसको बारेमा पनि जे पनि बोल्दिने । काँग्रेसको आग्रहपूर्ण, द्धेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडी कुनै समिति बनाइरहनु जरुरी छैन । संसद रोक्नुपर्ने आवश्यकता पनि छैन । कांँग्रेसले रोकेर अब मान्ने कुरापनि हुँदैन । काँग्रेसको घरबाट ल्याउको संसद हो यो ? उसलाई जसो मन लाग्छ त्यसै गर्ने । भोलिबाट काँग्रेस बोल्ने अरु नबोल्ने । काँग्रेसलाई नारा लगाउन आउने, अरुले नजानेको जस्तो चल्दैन भोलिबाट ।’

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका गृहमन्त्री रवि लामिछानेलाई नेपाली काँग्रेसले डेढ वर्ष प्रधानमन्त्री बन्न अफर गरेको दाबी पनि गर्नुभयो । काँग्रेसको प्रधानमन्त्री अफर त्यागेपछि लामिछानेलाई आरोपित गर्ने प्रयास गरिएको उहाँको भनाई छ ।