६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम संघबाट हजयात्रीको बिदाई



अ+ अ-

काठमाडौँ । साउदी अरेबियाको मक्का मन्दिरमा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूहलाई नेपाल मुस्लिम संघको टोलीले बिदाई गरेको छ ।

संघका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तार ,अध्यक्ष अताबुल मन्सुरी उपाध्यक्ष सरर्फराज शेख ,जम्बारदिन मिया लगातका टोलीले त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलमा बिदाई गर्नुभयो ।

हिजरी संवत् १४४५ को हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान गरेको हो। पहिलो समूहको उडानमा १४९ हजयात्री र १ जना हज प्रतिनिधिमण्डल सदस्य गरी जम्मा १५० जना सहभागी भएका छन् ।

यस वर्ष जम्मा ७६४ जना हजयात्री जाने समितिले जनाएको छ । आज जेठ २ गते (मे १५, २०२४ मा) जाने हजयात्री साउदी अरबमा ४४ दिनको बसाई पछि २९ जुनमा फर्कने कार्यक्रम रहेको छ ।