११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ–अध्यक्ष ओली

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ–अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलले संसदमा प्रदर्शन गरिरहेको विरोधबाट आफूहरु आत्तिनुपर्ने कारण छैन भन्नुभयो । उहाँले नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने बताउनुभयो । “आरोपित व्यक्ति पहिले संसद्मा बोल्न पाउनुपर्छ, कांग्रेसले बोल्न पाउने अनि अन्यले नपाउने भन्ने हुन्छ ? उसले बोलेको हामीले मात्रै सुन्नपर्ने ? यस्तो संसदीय अभ्यास हुँदैन”,अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले देश र जनताका कामप्रति सांसदहरू गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । संसदीय दलका नेता ओलीले भन्नुभयो, “ मर्यादित संसदीय अभ्यासका लागि हामी समर्पित छौँ, संसद् अविलम्ब सुचारू हुनुपर्छ । कांग्रेसले पनि अब संयमता अपनाउनुपर्छ ।”

परिस्थितिको आँकलन गरी सबै राजनीतिक दललाई आफूहरुले मिलाएर लैजाने प्रयास गरिरहेको पनि उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भन्नुभयो,“सदनमा भोलि हामी बहस गर्न तयार भएर जाऔँ, हामीले त्यहाँ बहस गर्न पाउनुपर्छ ।”

पार्टी संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलले संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा एमाले सांसदले खेल्ने भूमिका र दिनुपर्ने सुझावका विषयमा छलफल भएको बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सरकारमा रहेकाले सैद्धान्तिकरूपमा समर्थन गर्छाँै । पारित गर्ने स्वभाविक विषय भयो तर पनि कतिपय विषयमा सुझाव दिनुपर्ने छ । केही थप विषय समेट्न सकिन्थ्यो कि भन्ने लागेको छ ।”

बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले संसदमा उठाउनुपर्ने र नीति तथा कार्यक्रममा समेटिएका विषयवस्तुबारे सांसदलाई प्रशिक्षण दिइरहनुभएको छ ।