१२ आश्विन २०८१, शनिबार
,
Latest
कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरुघाटवासीले मनाए काठमाडौंमा लाखेजात्रा



अ+ अ-

काठमाडौं । धादिङ र गोरखा जिल्लाको आरुघाट तथा सो वरपर जन्मथलो भइ काठमाडौंको तारकेश्वर नगरपालिकालाई कर्मथलो बनाएकाहरुले कृष्ण जन्माष्ठमीको पावन अवसरमा जरङ्कु क्षेत्रमा भव्यताका साथ लाखेजात्रा मनाएका छन् ।

धादिङ र गोरखा जिल्लाको सिमा क्षेत्रमा रहेको आरुघाटमा हरेक वर्ष नेवार समुदायले विभिन्न जात्राको आयोजना गर्ने गर्छन् र सोहि सँस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ लाखेजात्राको आयोजना गरिएको नेवा सँस्कृति जगेर्ना तथा लाखेजात्रा कार्यक्रमका संयोजक दिपेन्द्रकुमार श्रेष्ठले बताए ।

कृष्ण जन्माष्टमीको दिन गरिएको लाखेनाच कार्यक्रममा लाखे प्रस्तुति, टाकटुके नाच तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा उपस्थित सम्पूर्ण आगन्तुकलाई समयबजीसमेत खुवाइएको थियो । कार्यक्रममा उपस्थित अधिकांश महिलाहरुले नेवारी भेषभुुषा लगाएका थिए ।

आगामी दिनमा हरेक वर्ष लाखेजात्रा गर्ने उद्देश्यका साथ सो कार्यक्रमको थालनी गरिएको र सोका लागि बाजागाजा, लाखे भेषभुुषा तथा आवश्यक सामग्रीहरुको खरिद गरिएको कोषाध्यक्ष पुरुषोत्तम श्रेष्ठले बताए । पहिलो पटक आयोजना गरिएको कार्यक्रममा आरुघाटवासी र तारकेश्वर नगरवासीहरुको उत्साहजनक उपस्थितिले आफूूहरुमा उर्जा थपेको कार्यक्रमका सचिव निरजकुमार श्रेष्ठको भनाइ छ ।

बुढिगण्डकी जलविद्युत आयोजनाका कारण विस्थापित भएकाहरु जो जहाँ छन् त्यहीँ एकीकृत भइ आआफ्नो संकृतिको जगेर्ना गर्नुपर्छ भन्ने सन्देश कार्यक्रमले दिएको कार्यक्रमका सल्लाहकार तथा बुढिगण्डकी जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालले बताए ।

कार्यक्रममा नेवार समुदायका साथ अन्य समुदायका व्यक्तिहरुको पनि उल्लेख्य उपस्थिति थियो ।