८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरुघाटवासीले मनाए काठमाडौंमा लाखेजात्रा



अ+ अ-

काठमाडौं । धादिङ र गोरखा जिल्लाको आरुघाट तथा सो वरपर जन्मथलो भइ काठमाडौंको तारकेश्वर नगरपालिकालाई कर्मथलो बनाएकाहरुले कृष्ण जन्माष्ठमीको पावन अवसरमा जरङ्कु क्षेत्रमा भव्यताका साथ लाखेजात्रा मनाएका छन् ।

धादिङ र गोरखा जिल्लाको सिमा क्षेत्रमा रहेको आरुघाटमा हरेक वर्ष नेवार समुदायले विभिन्न जात्राको आयोजना गर्ने गर्छन् र सोहि सँस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ लाखेजात्राको आयोजना गरिएको नेवा सँस्कृति जगेर्ना तथा लाखेजात्रा कार्यक्रमका संयोजक दिपेन्द्रकुमार श्रेष्ठले बताए ।

कृष्ण जन्माष्टमीको दिन गरिएको लाखेनाच कार्यक्रममा लाखे प्रस्तुति, टाकटुके नाच तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा उपस्थित सम्पूर्ण आगन्तुकलाई समयबजीसमेत खुवाइएको थियो । कार्यक्रममा उपस्थित अधिकांश महिलाहरुले नेवारी भेषभुुषा लगाएका थिए ।

आगामी दिनमा हरेक वर्ष लाखेजात्रा गर्ने उद्देश्यका साथ सो कार्यक्रमको थालनी गरिएको र सोका लागि बाजागाजा, लाखे भेषभुुषा तथा आवश्यक सामग्रीहरुको खरिद गरिएको कोषाध्यक्ष पुरुषोत्तम श्रेष्ठले बताए । पहिलो पटक आयोजना गरिएको कार्यक्रममा आरुघाटवासी र तारकेश्वर नगरवासीहरुको उत्साहजनक उपस्थितिले आफूूहरुमा उर्जा थपेको कार्यक्रमका सचिव निरजकुमार श्रेष्ठको भनाइ छ ।

बुढिगण्डकी जलविद्युत आयोजनाका कारण विस्थापित भएकाहरु जो जहाँ छन् त्यहीँ एकीकृत भइ आआफ्नो संकृतिको जगेर्ना गर्नुपर्छ भन्ने सन्देश कार्यक्रमले दिएको कार्यक्रमका सल्लाहकार तथा बुढिगण्डकी जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालले बताए ।

कार्यक्रममा नेवार समुदायका साथ अन्य समुदायका व्यक्तिहरुको पनि उल्लेख्य उपस्थिति थियो ।




भर्खरै