४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग

जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउने क्रममा गरिब तथा विपन्नको बस्ती मात्रै लक्षित नगर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै झाले शनिबारदेखि जनकपुरमा सार्वजनिक जमिनमा डोजर चल्न थालेको र करिब ६५ वटा घर हटाइएको बताए। सार्वजनिक जमिन संरक्षणका नाममा गरिबका घर मात्रै हटाएर पहुँचवालाका संरचनालाई उन्मुक्ति दिन नहुने उनको भनाइ छ।

झाले सार्वजनिक जमिन अतिक्रमण गरी निर्माण गरिएका ठूला होटल, पोखरी मिचेर बनाइएका पार्किङ तथा अस्पताललगायतका संरचना पनि हटाउनुपर्ने बताए।

उनका अनुसार गुठी संस्थानसँगको समन्वयमा यस्ता संरचनालाई समेत नोटिस दिएर खाली गराउने प्रक्रिया अघि बढाउने तयारी छ।

उनले जनकपुरमा सार्वजनिक जमिन अतिक्रमणको समस्या ठूलो रहेको उल्लेख गर्दै २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा तयार भएको प्रतिवेदनले करिब ९५० बिघा जमिन अपचलन भएको देखाएको बताए।

सोही प्रतिवेदनका आधारमा अहिले अतिक्रमित जमिन खाली गराउने काम भइरहेको भन्दै झाले अभियानप्रति प्रधानमन्त्रीको समेत विशेष ध्यान गएको बताए।

अतिक्रमण हटाउने अभियानको लक्ष्य र प्रहार गरिबहरूमाथि मात्र हुनुहुँदैन,’ झाले भने, ‘सबैमाथि समान व्यवहार गरियोस्।’

जनकपुरको अतिक्रमित करिब ९५० बिघा सार्वजनिक जमिन फिर्ता ल्याउने अभियानलाई प्रभावकारी र निष्पक्ष रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।