२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरी र आगलागीको चपेटामा फ्रान्स



अ+ अ-

फ्रान्समा लामो खडेरी परिरहेको छ । जमीनमा धाँजाहरु फाटेका छन् । तालहरु सुकेर माछा लगायतका जलचल मरेका छन् । फ्रान्समा रहेकी पत्रकार अनुराधा पौडेलका अनुसार खोलाको प्रवाह घटेर डुंगाहरु या पानीजहाज या सामान ओसार पोसार गर्ने ठूलो पानी डुंगाहरु चलाउन अप्ठेरो परेको छ भने कतिपय ठाउँमा डुंगा चलाउन नै प्रतिबन्ध लगाइएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा कतिपय गाउँमा खानेपानीको स्रोत घटेका कारण पिउनयोग्य पानी ट्यांकरबाट ओसारिएको र कतिपय नगरपालिकाले बिहान र बेलुका मात्र घरघरमा पिउन योग्य पानी वितरण गरिरहेको बताएकी छन् । किसानहरुलाई आफ्ना जनावरहरु जोगाउन हम्मे हम्मे परेको छ ।

पत्रकार पौडेलले फ्रान्स आगोभित्र परेको परेको छ भन्दै आगलागी नभएको कुनै पनि क्षेत्र बाँकी नरहेको उल्लेख गरेकी छन् । आगो निभाउन फ्रान्सको आफ्नो दमकल सेवाले नपुगेर अहिले जर्मनी, स्विडेन, इटाली, रोमानिया, स्पेन आदि ठाउँबाट पनि दमकल सेवाहरु झिकाइएको छ । टेलिभिजनहरुमा आगोको लप्काहरु माथि माथि पुगेको दृश्य देखिएका छन् । टेलिभिजनमा आगोको लप्काका भूमरीहरु माथि माथि आकाससम्म फैलिएको दृश्यहरु आएका छन् ।

फ्रान्समा आइतबारदेखि पानी पर्ने अनुमान गरिएको छ । यद्यपि पानी छरिएर नभई कतिपय ठाउँमा एकैठाउँमा मुसलधारे वर्षा हुने र त्यो वर्षाले बाढी निम्ताउने बताइएको छ । पत्रकार पौडेलका अनुसार फ्रान्समा यस्तो अनावृष्टि र आगलागिको संकट फ्रान्समा अहिलेसम्म मापन गरिएको छैन ।