• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   झापामा चट्याङ लागेर दुईको मृत्यु ★   नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु ★   बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा ★   कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो ★   कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा आज सर्वोच्चको आदेश कस्तो आउला ? ★   प्रतिनिधिसभा बैठक : के छ आजको सम्भावित कार्यसूची ? ★   श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण ★   कोशी, बागमती, गण्डकी र लुम्बिनीमा आज भिषण वर्षा ★   क्रोएसियासँग बराबरी खेल्दै इटाली नकआउट चरणमा, स्पेन समूह विजेता ★   देशभरका ४३ स्थानीय तहले ल्याउन सकेनन् बजेट

म्यान्चेस्टर सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी शिल्डको उपाधि



एजेन्सी । इंग्लिस फुटबल कप एफए कम्युनिटी शिल्डको उपाधि लिभरपुलले जितेको छ । शनिबार राति किंग पावर स्टेडियममा भएको फाइनल खेलमा म्यान्चेस्टर सिटीलाई ३–१ गोलले पराजित गर्दै लिभरपुलले उपाधिमाथि कब्जा जमाएको हो ।

अति नै रोमाञ्चक बनेको खेलमा लिभरपुललाई उपाधि दिलाउन ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १–१ गोल गरे । खेलको २१ औं मिनेटमा आर्नोल्डले लिभरपुललाई सुरुवाती अग्रता दिलाए । सलाहले उपलब्ध गराएको पासलाई उनले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दै गोलमा परिणत गरे ।

यता, सिटीका फरवार्ड जुलियन अल्भारेजले ७० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले फिल फोडेनको प्रहारलाई रिबाउन्डमा गोल गरेका हुन् ।

८३ औं मिनेटमा सलाहले पेनाल्टीमार्फत गोल गर्दा लिभरपुल २–१ को स्थितीमा अघि बढ्यो । यस्तै, इन्जुरी समयमा यसै सिजन मोटो रकममा पोर्चुगीज क्लब बेन्फिकाबाट लिभरपुल आएका न्युनेजले गोल गर्दै लिभरपुललाई सिजनको पहिलो उपाधि दिलाए ।

यी दुई क्लबबीच इंग्लिस प्रिमियर लिग विजेता सिटी र एफ ए कप विजेताको रुपमा लिभरपुलबीच प्रतिस्पर्धा भएको हो ।