• ४ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 19 2024
  •   Unicode
Logo
Latest
★   ओली सरकारसँग स्थिरताको आशा ★   हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते ★   अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन: प्रधानमन्त्री ★   पर्या–पर्यटन प्रवर्द्धन गर्न सोभातालमा डुङ्गा सञ्चालन ★   गृष्मकालिन पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीलाई राष्ट्रपतिको शुभकामना ★   तोलामा रु दुई हजारले घट्यो सुनको मूल्य ★   भारतको २०२४–२५ को लागि जीडीपी वृद्धि प्रक्षेपण ७ प्रतिशत ★   सिमलताल दुर्घटना: २३ जनाको शव फेला, नौँ जनाको सनाखत हुन बाँकि (सूचीसहित) ★   काठमाडौंमा किन महंगियो तरकारी? यस्तो छ उपभोक्ताको भनाइ ★   न्यूरोडमा फुटपाथ विस्तारको विरोध गर्दै सडकमा उत्रिए स्थानीय

झापामा चट्याङ लागेर दुईको मृत्यु



झापा: आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते हुनुभएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

साथै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।रासस