२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी शिल्डको उपाधि



अ+ अ-

एजेन्सी । इंग्लिस फुटबल कप एफए कम्युनिटी शिल्डको उपाधि लिभरपुलले जितेको छ । शनिबार राति किंग पावर स्टेडियममा भएको फाइनल खेलमा म्यान्चेस्टर सिटीलाई ३–१ गोलले पराजित गर्दै लिभरपुलले उपाधिमाथि कब्जा जमाएको हो ।

अति नै रोमाञ्चक बनेको खेलमा लिभरपुललाई उपाधि दिलाउन ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १–१ गोल गरे । खेलको २१ औं मिनेटमा आर्नोल्डले लिभरपुललाई सुरुवाती अग्रता दिलाए । सलाहले उपलब्ध गराएको पासलाई उनले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दै गोलमा परिणत गरे ।

यता, सिटीका फरवार्ड जुलियन अल्भारेजले ७० औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले फिल फोडेनको प्रहारलाई रिबाउन्डमा गोल गरेका हुन् ।

८३ औं मिनेटमा सलाहले पेनाल्टीमार्फत गोल गर्दा लिभरपुल २–१ को स्थितीमा अघि बढ्यो । यस्तै, इन्जुरी समयमा यसै सिजन मोटो रकममा पोर्चुगीज क्लब बेन्फिकाबाट लिभरपुल आएका न्युनेजले गोल गर्दै लिभरपुललाई सिजनको पहिलो उपाधि दिलाए ।

यी दुई क्लबबीच इंग्लिस प्रिमियर लिग विजेता सिटी र एफ ए कप विजेताको रुपमा लिभरपुलबीच प्रतिस्पर्धा भएको हो ।