२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

कमेडी वाइल्डलाइफ फोटोग्राफी, हाँसिरहेको सील र गाइरहेको बबुन

कमेडी वाइल्डलाइफ फोटोग्राफी,  हाँसिरहेको सील र गाइरहेको बबुन
अ अ+ अ-

एजेन्सी । 'कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्ड २०२१' का ४२ अन्तिम प्रतिस्पर्धी घोषणा गरिएका छन्। ती सबैले जनावरका रमाइला भावभङ्गिमा प्रदर्शन गरेका छन्।

खित्खिताइरहेको जस्तो देखिने सील र गीत गाइरहेको जस्तो देखिने लङ्गुरको मनमोहक तस्बिर यो वर्षको कमेडी वाइल्डलाइफ फोटोग्राफी प्रतिस्पर्धामा छनौट भएका छन्।

पल जोयनसन-हिक्स र टम सुलमले 'कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्ड' स्थापना गरेका हुन्। दुवैजना व्यवसायिक फोटोग्राफर र सौखिन संरक्षणकर्ताहरू हुन्।

रमाइला यी तस्बिरले जङ्गली जनावर संरक्षणको महत्त्वपूर्ण सन्देश दिने गर्छन्। प्रतिस्पर्धाका सहआयोजक सेभ वाइल्ड ओराङउटान हो।

२२ अक्टोबरका दिन विजेताहरू घोषणा गरिनेछ। यसैबीच चुनिएका केही फोटोहरू जसले तपाईँका मुहारमा मुस्कान ल्याइदिनेछन्।

हामाड्रीयास बबुन, एक प्रकारको लङ्गुर

दक्षिण अफ्रिकामा एन्ड्र्यु मायसले खिचेको 'मन्ड मर्निङ मुड' अर्थात् सोमवार बिहानको मनोदशा शिर्षकको तस्बिर।

ताइवानमा खिचिएको 'सी हु जम्प्स हाइ' अर्थात् को माथि पुग्छ शिर्षकको माछाको तस्बिर

तडोबा अन्धारी टाइगर रिजर्भ भारतमा खिचिएको 'डान्सिङ अ वे टु ग्लोरी' शीर्षकको तस्बिर

जिम कोर्बेट न्याशनल पार्क भारतमा सिद्धान्त अग्रवालले खिचेको 'स्मोक्ड डीअर फर डिनर' शिर्षकको तस्बिर

सिङ्गापुरमा खिचिएको 'टाइम फर स्कूल' अर्थात् स्कूल जाने बेला भयो शिर्षक दिइएको ची की टीओको तस्बिर

सुदूर पूर्वी रुसमा खिचिएको एन्डी पार्किन्सनको ब्राउन बीयरको 'आउ नाचौँ' शिर्षकको तस्बिर

(बीबीसी)