२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डद्वारा स्व. प्रकाश दाहालको शालिक अनावरण



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको ककनीमा स्वर्गीय प्रकाश दाहालको शालिक अनावरण गरेका छन् ।

दाहालको जन्मजयन्तिका अवसरमा आज शालिक अनावरण गरिएको हो ।

नेपाल पर्वतारोहण संघद्वारा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ६ मा स्वर्गीय प्रकाश दाहालको शालिक निर्माण गरिएको हो ।

सगरमाथा आरोहण गरेका स्वर्गीय दाहाललाई पर्वतारोहीको रुपमा सम्मान गर्दै शालिक निर्माण गरिएको संघले जनाएको छ ।

दाहालले २०६९ साल जेठमा सगरमाथाको सफल आरोहण गरेका थिए । प्रचण्डका छोरा प्रकाशको २०७४ सालमा निधन भएको थियो ।