© 2023
काठमाडौँ । हिंसापीडित महिलाहरूका लागि न्याय सुनिश्चित गर्न माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग परिसरमा नाराबाजी गरेका छन्। ‘महिला अधिकार सुनिश्चित गर्’, ‘महिला हिंसा अन्त्य गर्’, ‘महिला आयोग किन चुप् ?’, ‘इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर्’ लगायतका नारासहित पीडित पक्षले विरोध प्रदर्शन गरेका

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै युवा, विद्यार्थी, अधिकारकर्मी तथा सर्वसाधारणले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।