२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आठ दलको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो २ बजे ८ दलले बनाएको कार्यदलको बैठक बस्ने भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी (नाउपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू बैठकमा सहभागी हुन लाग्नुभएको हो

आठ दलको बैठकः राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ ।

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय

बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको छ ।